Opens in a new tab
२०८३ आश्विन २७, मंगलवार
October 13, 2026
२०८३ आश्विन २७, मंगलवार
October 13, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

बागमतीबाट राष्ट्रियसभामा सत्ता गठबन्धनका उम्मेदवार तिमल्सिना र पौडेल विजयी

प्रकाशित मिति : २०७८ माघ १२ गते

मकवानपुर / बागमती प्रदेशको राष्ट्रियसभा सदस्यको निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । बागमतीको रिक्त २ पदमा अन्य दलका उम्मेदवारलाई हराउँदै सत्ता गठबन्धनबाट संयुक्त उम्मेदवार बनेका (महिला) मा गोमादेवी तिमल्सिना र (अन्य) मा कृष्णप्रसाद पौडेल विजयी भएका हुन् । तिमल्सिना नेकपा एकीकृत समाजवादी र पौडेल नेपाली कांग्रेसमा आवद्ध छन् ।
तिमल्सिना र पौडेल क्रमश ४ सय ६३ र ४ सय ५० मतभारले विजयी भएका हुन् । महिला सदस्यमा तिमल्सिनाले ४ हजार ८ सय २४ मतभार प्राप्त गरेकी छिन् भने उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेकी उम्मेदवार निरुकुमारी कुँवरले ४ हजार ३ सय ६२ मतभार र नेमकिपाको महिला उम्मेदवार गिता काफ्लले १३२ मतभार प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।
त्यसैगरी अन्य सदस्य पदमा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका कृष्णप्रसाद पौडेलले ४ हजार ७ सय ९४ मतभार प्राप्त गरेका छन भने उनका निकटतम एमालेका उमेदवार गोपाल शाक्यले ४ हजार ३ सय ४४ मतभार प्राप्त गरेका छन् । त्यस्तै नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङले १ सय ३२ मतभार प्राप्त गरेका छन् ।
स्थानिय तह अन्तर्गत २३७ मध्ये महिला तर्फको उम्मेदवार तिमल्सिनाले ११६ मत र कुँवरले ११७ मत पाएका हुन् । त्यसैगरी गीता काफ्लेले २ मत पाइन भने बाँकी २ मत बदर भएको हो । यता स्थानीय तह अन्तर्गत अन्य सदस्य पदका उम्मेदवार पौडेलले २३७ मत मध्ये ११७ मत र शाक्यले ११६ मत प्राप्त गरेका छन् । त्यस्तै नेमकिपाका उम्मेदवार तामाङले २ मत प्राप्त गरेका छन् भने बाँकी २ मत बदर भएको हो ।
प्रदेशसभाका कूल १०९ जना मध्ये १०६ जना मात्रै मतदान प्रक्रियामा सहभागि भएका थिए । जसमध्ये तिमल्सिनाले ५७ मत र कुँवरले ४७ मत पाउँदा काफ्लेले २ मत प्राप्त गरेकी छिन् । प्रदेशसभा अन्तरगत अन्य सदस्य पदका पौडेलले ५६ मत र शाक्यले ४७ मत प्राप्त गरेका छन् भने नेमकिपाका उम्मेदवार तामाङले २ मत प्राप्त गरेको निर्वाचन अधिकृत डिल्लिरत्न श्रेष्ठले जानकारी दिए । निर्वाचनमा बागमती प्रदेशका १ सय ९ सांसद र १ सय १९ स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
154.48
155.08
European Euro
1
173.05
173.72
UK Pound Sterling
1
204.42
205.21
Swiss Franc
1
186.06
186.79
Australian Dollar
1
107.90
108.32
Canadian Dollar
1
108.35
108.77
Singapore Dollar
1
120.62
121.09
Japanese Yen
10
9.76
9.79
Chinese Yuan
1
23.08
23.17
Saudi Arabian Riyal
1
41.12
41.28
Qatari Riyal
1
42.42
42.58
Thai Baht
1
4.61
4.63
UAE Dirham
1
42.06
42.22
Malaysian Ringgit
1
37.82
37.96
South Korean Won
100
11.52
11.57
Swedish Kroner
1
15.45
15.51
Danish Kroner
1
23.15
23.24
Hong Kong Dollar
1
19.68
19.76
Kuwaity Dinar
1
501.31
503.26
Bahrain Dinar
1
409.06
410.64
Omani Rial
1
401.24
402.80