२०८२ चैत्र ३, मंगलवार
March 17, 2026
२०८२ चैत्र ३, मंगलवार
March 17, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

रत्ननगरका किसानलाई अनुदानमा गाई वितरण

प्रकाशित मिति : २०७८ माघ १३ गते
- ADVERTISEMENT -

चितवन / चितवनको रत्ननगर नगरपालिकाले आर्थिक अबस्था कमजोर रहेका पशुपालक किसानहरुलाई अनुदानमा गाई वितरण गरेको छ ।
पशुपालन मार्फत गरिबी न्यूनीकरण गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा गाई वितरण गरिएको हो । विहीबार नगरपालिकामा एक औपचारिक कार्यक्रमको आयोजना गरी सो नगरपालिकाले विपन्न किसानहरुको पहिचान गरी दुहुना गाई वितरण गरेको हो ।
किसानलाई गाई वितरणको लागि सो नगरपालिकाको नवौं नगर सभाले एक करोड रुपैया विनियोजन गरेको थियो । नगरपालिकाको एक करोड र किसानको एक करोड गरी दुई करोडको लगानीमा २०० वटा दुधालु गाई वितरण गर्ने योजना रहेको प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले जानकारी दिए । विहीबार १६ जना किसानलाई ५० प्रतिशत अनुदानमा गाई वितरण गरिएको छ ।
सो नगरपालिकाले गाईसंगै गोठ सुधारको लागि १० हजार रुपैया समेत प्रदान गरेको छ । नगरपालिकाले प्रदान गरेको १० हजारमा किसानले १० हजार थप गरी २० हजारमा गोठ मर्मतको काम गर्नुपर्छ । गाईको सवालमा किसानले कम्तिमा ८० हजार मुल्य बराबरको गाई खरिद गर्नुपर्छ । विहान बेलुका गरी कन्तिमा १० लिटर दुध दिने र सो गाई पूर्ण रुपमा स्वस्थ्य हुनुपर्ने पशु विकास अधिकृत शालिग्राम पौडेलले बताए ।
नगरपालिकाले किसानको आर्थिक अबस्था मुल्याङकन गरी पशुपालनबाटै जीविका चलाउछु भन्ने विश्वास भएको किसानलाई मात्र गाई वितरण गर्ने उनले जानकारी दिए ।
मेयर नारायण वन,उपमेयर विमला दुवाडीले नगरपालिकाको प्राङ्गढमा किसानलाई गाई हस्तान्तरण गरेका छन् । अनुदानमा गाई पाएपछि किसानहरु उत्साहित भएका छन् ।
रत्ननगर १३ अमेलियाकी किसान पदमकुमारी न्यौपानेले यस अघि नगरपालिकाले दिएको अनुदान रकमबाट बाख्रापालन गरी जीविकोपार्जन गरेको र अहिले गाई समेत पाउदा खुसी लागेको बताइन । उपमेयर दुवाडीले नगरको गौरबको योजना अन्तर्गत किसानलाई गाई वितरण सुरु गरिएको बताइन ।
मेयर वनले सुत्केरी पशुलाई भत्ता पछि किसानलाई उद्यमी बनाउन गाई वितरण गरिएको बताए । विदेशबाट फर्किएर स्वदेशमै केही गर्न इच्छुक युवा र आर्थिक अभावका कारण पशुपालन गर्न नसकेका गरिब किसानहरुको पहिचान गरी गाई वितरण गरिएको बताए ।
कार्यक्रममा आर्थिक विकास समितिका संयोजक गुप्तनाथ भट्टराई,नेकपा एमालेका नगर सचिव शिवराज सुवेदी,नेपाली कांग्रेसकी नगर सचिव अनिता अर्याल लगायतले मन्तव्य राखेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
147.58
148.18
European Euro
1
169.34
170.03
UK Pound Sterling
1
195.82
196.61
Swiss Franc
1
187.27
188.03
Australian Dollar
1
104.04
104.47
Canadian Dollar
1
107.85
108.29
Singapore Dollar
1
115.38
115.85
Japanese Yen
10
9.27
9.30
Chinese Yuan
1
21.40
21.49
Saudi Arabian Riyal
1
39.33
39.49
Qatari Riyal
1
40.38
40.54
Thai Baht
1
4.55
4.57
UAE Dirham
1
40.18
40.34
Malaysian Ringgit
1
37.55
37.70
South Korean Won
100
9.89
9.93
Swedish Kroner
1
15.74
15.80
Danish Kroner
1
22.66
22.76
Hong Kong Dollar
1
18.85
18.92
Kuwaity Dinar
1
480.72
482.67
Bahrain Dinar
1
390.94
392.53
Omani Rial
1
383.32
384.88