चितवन / निर्माणाधीन ६ लेनको गोन्द्राङ–पुलचोकको टिकौली जंगल नजिक नालीमा फसेर मरेको गैंडाको विषयमा अनुसन्धान गर्न चितवन राष्ट्रिय निकुञ्जले ठेकेदार विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने टिकौली जंगल नजिक सडक नालीको छेउमा खनेर छाडिएको खाल्डोमा फसेर ९ माघमा एउटा भाले गैंडा मरेको थियो ।
ठेकेदारको लापरबाहीका कारण गैंडाको मृत्यु भएको भन्दै निकुञ्जले सडक विस्तारको जिम्मा लिएको इण्डो सगुन जेभीका सञ्चालक सहदेव खड्काविरुद्ध बिहीबार पक्राउ पुर्जी जारी गरेको हो ।
समाचार तयार पार्दासम्म खड्का पक्राउ नपरेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत गणेश प्रसाद तिवारीले जानकारी दिए । ‘बिहिबार पक्राउ पुर्जी जारी भएको हो । अहिलेसम्म पक्राउ गरिएको छैन । उहाँ आफै आउनुहोला, नत्र हामी पक्राउ गर्छाैँ’, उनले भने ।
उक्त घटनाको विषयमा अनुसन्धान गर्न निकुञ्जले सहायक संरक्षण अधिकृत राजु घिमिरेलाई अनुसन्धान अधिकृत तोकेको छ भने वन तथा वातावरण मन्त्रालयले घटनाको छानविन गर्न ११ माघमा छुट्टै कार्यदल गठन गरेको छ ।
वन तथा भू-संरक्षण विभागका उपमहानिर्देशक डा राजेन्द्र केसीको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरिएको हो ।
समितिमा मन्त्रालयका उपसचिव (कानुन) रामजी दनाई, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका योजना अधिकृत दिलबहादुर उर्जापुन, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य र डिभिजन वन कार्यालय चितवनका प्रमुख पदमराज नेपाल सदस्य रहेका छन् ।
समितिलाई १० दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

निकुञ्जद्दारा ठेकेदारविरुद्ध पक्राउ पुर्जी जारी

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
144.76
145.36

European Euro
1
170.70
171.41

UK Pound Sterling
1
196.72
197.54

Swiss Franc
1
186.09
186.86

Australian Dollar
1
101.01
101.43

Canadian Dollar
1
105.78
106.22

Singapore Dollar
1
113.68
114.16

Japanese Yen
10
9.22
9.26

Chinese Yuan
1
20.86
20.95

Saudi Arabian Riyal
1
38.60
38.76

Qatari Riyal
1
39.61
39.77

Thai Baht
1
4.58
4.60

UAE Dirham
1
39.41
39.58

Malaysian Ringgit
1
36.67
36.82

South Korean Won
100
9.87
9.91

Swedish Kroner
1
15.98
16.05

Danish Kroner
1
22.86
22.95

Hong Kong Dollar
1
18.52
18.60

Kuwaity Dinar
1
473.69
475.65

Bahrain Dinar
1
383.97
385.56

Omani Rial
1
376.02
377.58












