२०८२ मंसिर २३, मंगलवार
December 9, 2025
२०८२ मंसिर २३, मंगलवार
December 9, 2025 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

अवैध लागूऔषधसहित दुई जना प्रहरीको फन्दामा

प्रकाशित मिति : २०७८ माघ १६ गते
Sketch
- ADVERTISEMENT -

मकवानपुर / मकवानपुर प्रहरीले अवैध लागूऔषध नाईट्रोभेटसहित दुई जनालाई पक्राउ गरेको छ । शुक्रबार हेटौंडा उपमहानगरपालिकाको दुई छुट्टाछुट्टै स्थानबाट नाईट्रोभेट ११६ ट्याब्लेटसहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
पक्राउ पर्नेहरुमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ बस्ने ३४ वर्षीय अनिलकुमार तामाङ र बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्वर २२ बस्ने २३ वर्षीय अनिस तामाङ रहेका छन् । शुक्रबार भुटनदेवी मोडतर्फबाट शितलमहल चोकतर्फ जाँदै गरेको गरेको बा २४ प ४५९५ को मोटरसाईकललाई हेटौंडा–४ स्थित सडकखण्डमा रोकी चेकजाँच गर्ने क्रममा मो. चालक अनिलको साथबाट ४८ ट्याब्लेट बरामद भएपछि निजलाई पक्राउ गरेको प्रहरी निरीक्षक रिमालले बताए ।
यस्तै, शुक्रबार नै हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० बसपार्कस्थित बसिरहेका अनिसलाई शंका लागि चेकजाँच गर्दा लुकाईछिपाई ल्याएको लागूऔषध नाईट्रोभेट ६९ ट्याब्लेट बरामद भएपछि निजलाई पक्राउ गरेको प्रहरी निरीक्षक रिमालले बताए । उनका अनुसार, पक्राउ परेका दुबै जनालाई आज (आइतबार) मकवानपुर जिल्ला अदालतबाट दिन ५ को म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -