April 30, 2025

बीमा समितिद्वारा ११ वटा बीमा कम्पनीहरुलाई कारवाही गर्ने 

February 1, 2022
- ADVERTISEMENT -

काठमाडौँ / बीमा समितिले लेखापरीक्षण प्रतिवेदन नबुझाएको भन्दै ११ वटा कम्पनीहरुलाई कारवाही गर्ने निर्णय गरको छ । समितिले निर्धारित समयमा वित्तिय विवरण तयार पारी लेखा परिक्षण प्रतिवेदन नबुझाउने ११ वटै कम्पनीलाई रु १० हजार रुपैयाँका दरले जरिवाना गर्ने निर्णय गरेको हो । बीमा समितिले यति धेरै कम्पनीहरुलाई कारवाही गरेको पहिलो पटक हो ।
समितिले बीमा ऐन, २०४९ र बीमा नियमावली, २०४९ बमोजिम तोकिएको समयसिमाभित्र बीमा समितिमा आर्थिक वर्ष २०७६–०७७ मा आफूले गरेको बीमा व्यवसायको हिसाव कितावको लेखापरीक्षण प्रतिवेदन नबुझाउने बीमा कम्पनीहरू प्रत्येकलाई दश हजारका दरले जरीवाना गर्ने निर्णय गरेको हो ।
कारवाहीमा परेका कम्पनीहरुमा दि ओरियन्टल इन्स्योरेन्स कं. लि., नेशनल इन्स्योरेन्स कं. लि., राष्ट्रिय बीमा कम्पनी लि., राष्ट्रिय बीमा संस्थान, नेपाल लाइफ इन्स्योरेन्स कं. लि., गुराँस लाइफ इन्स्योरेन्स कं. लि., आईएमई लाइफ इन्स्योरेन्स कं. लि., युनियन लाइफ इन्स्योरेन्स कं. लि., सन नेपाल लाइफ इन्स्योरेन्स कं. लि., रिलायवल नेपाल लाइफ इन्स्योरेन्स कं. लि. र सानिमा लाइफ इन्स्योरेन्स कं. लि. रहेका छन् ।

- ADVERTISEMENT -