२०८२ मंसिर २३, मंगलवार
December 9, 2025
२०८२ मंसिर २३, मंगलवार
December 9, 2025 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

नेपालमा थप ५५८३ कोरोना संक्रमण

प्रकाशित मिति : २०७८ माघ १८ गते
- ADVERTISEMENT -

काठमाडौं / नेपालमा थप ५ हजार ५८३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १० हजार ७७६ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ६५७ जना र ६ हजार ८९८ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ९२६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै, सो अवधिमा देशभर कोरोना संक्रमणका कारण ९ जना मृत्यु भएको छ भने ८ हजार २६७ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० लाख ८८ हजार २५१ पुगेको छ । तीमध्ये हालसम्म ११ हजार ७५२ जना संक्रमितको मृत्यु भएको छ भने ८ लाख ७१ हजार १६५ जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभरमा ७४ हजार ६५३२ सक्रिय संक्रमित छन् । जसमा ७३ हजार १७८ जना होम आइसोलेसनमा र १ हजार ४७५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २७९ जना आईसीयू र ५० जना भेन्टिलेटरमा उपचाररत् छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -