काठमाडौं / विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले ७० प्रतिशत नागरिकले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको पूर्ण खोप लगाएकोमा नेपाललाई बधाई दिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) नेपालले बिहीबार आधिकारिक ट्वीटरमार्फत नेपाललाई बधाई दिएको हो ।
नेपालले बुधबार मात्रै १८ वर्षभन्दा माथिका ७० प्रतिशत नागरिकलाई पूर्ण मात्रा खोप दिइएको जनाएको थियो । ‘७० प्रतिशत जनसंख्यालाई कोभिडविरुद्धको पूर्ण खोप लगाउन सफल भएकोमा नेपाललाई बधाई । यो नेपाल तथा सहयोगी निकायको ठूलो सफलता हो । एकजुट भई सहकार्य गरे जे पनि सम्भव हुने यसले सावित गरेको छ,’ डब्ल्यूएचओ नेपालले भनेको छ ।
नेपाल सरकारले चैत मसान्तसम्म १८ वर्ष माथिका १०० प्रतिशत नागरिकलाई पूर्ण खोप लगाइसक्ने लक्ष्यसहित देशभर खोप अभियान संचालन गरिरहेको छ ।
७० प्रतिशतले लगाए कोरोनाविरुद्ध पूर्ण खोप
February 3, 2022

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
