चितवन / मञ्जुश्री सम्वत २८५९ औं सोनाम ल्होछारको अवसर पारेर भरतपुर ५ नारायणपुरमा नवनिर्मित लामा पाठशालाको उद्घाटन गरिएको छ । उग्र्यान न्होर्बु छ्योलिङ गुम्बा भरतपुर ७ को परिसरमा रहेको उक्त भवन भरतपुर महानगरपालिका मेयर रेनु दाहालले गरेका हुन् ।
भवनको उद्घाटन कार्यक्रममा बोल्दै मेयर तथा प्रमुख अतिथि रेनु दाहालले तामाङ समुदायको लागि जुनबेला पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । तामाङ समुदायको धर्म, संस्कृति जगेर्नाको लागि कहिल्यै पछि नहटेको उनको जिकिर थियो । भविष्यमा पनि आफ्नो तर्फबाट सदैव साथ रहने उनले विश्वास दिलाए ।
उक्त कार्यक्रममा गुम्बा निर्माण सहयोग पु¥याउने दाताहरुलाई प्रमाणपत्र, दोसल्लाले सम्मान गरिएको थियो भने प्रमुख अतिथिलाई मायाको चिनो प्रदान गरिएको हो ।
कार्यक्रममा भरतपुर महानगरपालिका प्रवक्ता तथा भरतपुर वडा नं. १० का वडाअध्यक्ष अरुणपीडित भण्डारी, भरतपुर वडा नं. ५ का पदमपाणि सुवेदीलगायतले मन्तव्य दिएका थिए । कार्यक्रममा जंगबहादुर तामाङले स्वागत मन्तव्य दिएका हुन् ।
कार्यक्रम गुम्बाका अध्यक्ष आस्मान तामाङको सभापतित्वमा सम्पन्न भएको थियो भने संचालन चेतबहादुर तामाङले गरेका थिए ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

चितवनमा लामा पाठशालाको मेयर दाहालद्वारा उद्घाटन

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -












