–प्रमिला तामाङ
चितवन । तामाङ पत्रकार संघ जिल्ला शाखा चितवनले पहिलो पटक ‘तामाङ पत्रकारिता चितवन’ स्मारिका विमोचन गर्ने भएको छ । स्थापनाको झण्डै एक दशकमा पहिलो पटक उक्त स्मारिका विमोचन गर्न लागिएको हो । संघले तामाङ समुदायको मञ्जुश्री सम्वत २८५८ औं सोनाम ल्होछारको अवसर पारेर भोलि (शनिबार) स्मारिका विमोचन गर्न लागेको हो ।
विमोचनमा नौजना विभिन्न विधाका व्यक्तित्वहरुलाई सम्मान गरिने संघका अध्यक्ष बबिलाल तामाङले जानकारी दिए । सो अवसरमा तीन जना संस्थागत, ५ जना दश हजार बढी सहयोग गर्ने दाता र १ जना पत्रकारलाई सम्मानित गरिने अध्यक्ष तामाङले बताए ।
उनका अनुसार संघले यसपटक दस्तावेजको रुपमा ‘तामाङ पत्रकारिता चितवन’ २०७८ नामक स्मारिका प्रकाशन गर्न लागेको हो । उक्त स्मारिका प्रकाशनबाट तामाङ समुदायको रितिरिवाज, भाषा, संस्कृति झल्किने विश्वास उनको छ ।
स्मारिकामा चितवन लगायत बाहिरी जिल्लाका पत्रकारहरुका लेख, स्थान परिचय, जाति परिचय, ल्होछार पर्व, कथा, कविता लगायतका विषयवस्तु समाविष्ट गरिएको छ । अध्यक्ष तामाङले प्रथम पटक स्मारिका प्रकाशनमा नै चौतर्फी सहयोग पाएकोमा सबैप्रति हार्दिक धन्यवाद तथा कृतज्ञता प्रकट गरेका छन् ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

‘तामाङ पत्रकारिता चितवन’ स्मारिका भोलि विमोचन, नौ जना सम्मानित हुने

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
153.98
154.58

European Euro
1
173.17
173.84

UK Pound Sterling
1
203.95
204.75

Swiss Franc
1
185.24
185.96

Australian Dollar
1
107.32
107.74

Canadian Dollar
1
107.91
108.33

Singapore Dollar
1
120.44
120.91

Japanese Yen
10
9.73
9.77

Chinese Yuan
1
22.97
23.06

Saudi Arabian Riyal
1
41.02
41.18

Qatari Riyal
1
42.24
42.41

Thai Baht
1
4.58
4.60

UAE Dirham
1
41.93
42.09

Malaysian Ringgit
1
37.69
37.84

South Korean Won
100
11.50
11.55

Swedish Kroner
1
15.39
15.45

Danish Kroner
1
23.17
23.26

Hong Kong Dollar
1
19.62
19.70

Kuwaity Dinar
1
499.69
501.64

Bahrain Dinar
1
408.41
410.00

Omani Rial
1
399.95
401.51













