२०८२ मंसिर २३, मंगलवार
December 9, 2025
२०८२ मंसिर २३, मंगलवार
December 9, 2025 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

‘तामाङ पत्रकारिता चितवन’ स्मारिका विमोचन, तामाङ भाषा प्रशिक्षण ल्याइँदै

प्रकाशित मिति : २०७८ माघ २२ गते
- ADVERTISEMENT -

–प्रमिला तामाङ
चितवन । ‘तामाङ पत्रकारिता चितवन’ २०७८ स्मारिका विमोचन गरिएको छ । तामाङ पत्रकार संघ जिल्ला शाखा चितवनले मञ्जुश्री सम्वत २८५८ औं सोनाम ल्होछारको अवसर पारेर पहिलो पटक उक्त स्मारिका शनिबार विमोचन गरेको हो । राप्ती नगरपालिका उपमेयर तथा कार्यक्रमका प्रमुख अतिथि इमानसिंह लामाले पानस दियो प्रज्वलन गरी उद्घाटन गरेका हुन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लामाले संघले छोटो समयमा स्मारिका प्रकाशन गरेकोले भविष्यमा धेरै गतिविधि गर्न सक्ने लक्षण ल्याएको बताए । स्थापना कालदेखि नै संघलाई सहयोग गर्दै आएको र अबका दिन पनि सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।
प्रमुख अतिथि लामाले उक्त स्मारिका प्रकाशनले तामाङ समुदायको समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने बताए । तामाङ समुदायको धर्म, संस्कृति र जगेर्नाका लागि स्मारिकाले थप बल पुग्ने उनको विश्वास थियो । उनले पछिल्लो समय तामाङ समुदायमा तामाङ भाषाको अभाव भएकोले यसतर्फ जोड दिनु पर्ने बताए ।


कार्यक्रममा संघका अध्यक्ष बबिलाल तामाङले स्मारिका प्रकाशनबाट तामाङ समुदायको उत्थानमा सहयोग पुग्ने बताए । विशेषगरी तामाङ समुदायको धर्म, संस्कृति र परम्परालाई जगेर्ना गर्ने हेतुले स्मारिका प्रकाशन गरिएको उनको भनाइ थियो । हाल समुदायमा चौतर्फी तामाङ भाषा ज्ञानको अभाव भएको पाइएको उनले बताए । आगामी दिन तामाङ भाषा प्रशिक्षण कार्यक्रम छिट्टै ल्याइने उनले भने ।
कार्यक्रममा एकजना पत्रकार सम्मान सहित नौ जना विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको छ । सम्मानित हुनेमा तीन जना संस्थागत, ५ जना दश हजार बढी सहयोग गर्ने दाता र १ जना पत्रकारलाई सम्मानित गरिएको हो ।
जसअन्तर्गत सम्मानित हुने पत्रकारमा चितवन पोष्ट दैनिक प्रमुख सहसम्पादक केशव भट्टराई रहेका छन् । विगत दुई दशक बढी पत्रकारिता क्षेत्रमा योगदान पु¥याएको र स्मारिका प्रकाशनमा महत्वपूर्ण योगदान पु¥याएकोले पत्रकार भट्टराईलाई सम्मान गरिएको थियो । उनलाई नगदसहित सम्मान पत्रले सम्मानित गरिएको थियो ।

- ADVERTISEMENT -

Advertisement


यस्तै संस्थागततर्फ तामाङ पत्रकार संघ बागमति प्रदेश उपाध्यक्ष ज्ञानेन्द्र तामाङ, तामाङ पत्रकार महासंघ केन्द्रीय सचिव उर्गेन तामाङ र केन्द्रीय सदस्य राजेश रुम्बा तामाङ सर्वसम्मत चयन भएकोमा सम्मान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि लामालाई सम्मान स्वरुप मायाको चिनो प्रदान गरेको थियो । मायाको चिनोमा तामाङ टोपीलाई सिसा फ्रेमिङ गरिएको आकर्षक रहेको थियो ।
कार्यक्रम संघका अध्यक्ष बबिलाल तामाङको सभापतित्वमा सम्पन्न भएको थियो । संघका प्रतिमा तामाङले स्वागत मन्तव्य दिएका थिए भने कार्यक्रम सचिव प्रकाश तामाङले संचालन गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -