२०८२ मंसिर २४, बुधबार
December 10, 2025
२०८२ मंसिर २४, बुधबार
December 10, 2025 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

सवारी दुर्घटनामा एक जनाको मृत्यु

प्रकाशित मिति : २०७८ माघ २३ गते
- ADVERTISEMENT -

मकवानपुर / पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा–१९ नेवारपानीमा सवारी दुर्घटना हुँदा हेटौंडा १० निवासी बुद्धिबहादुर श्रेष्ठ (जेठा दाइ) को मृत्यु भएको छ । आइतबार दिउँसो पूर्वपश्चिम सडकखण्ड अन्तरगत उक्त स्थानमा मनहरीबाट हेटौंडातर्फ आउदै गरेको बागमती प्रदेश ०३–००२ प ६८८० नम्बरको स्कुटरलाई सोही दिशाबाट आउँदै गरेको भारतीय नम्वर प्लेट एनएल –०१ एन २९९९ को ग्यास बुलेटले ठक्कर दिँदा मोटरसाइकलमा सवार श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक देवेन्द्र दासले तु खबरलाई जानकारी दिए ।
दुर्घटनामा परी श्रेष्ठ घाइते भएका थिए । उनलाई उपचारको लागि हेटौंडा–११ स्थित चुरेहिल अस्पतालमा ल्याइएको थियो । अस्पताल ल्याइएको केहीबेरमा नै चिकित्सकले श्रेष्ठलाई मृत घोषणा गरेका थिए ।
मोटरसाइकललाई ठक्कर दिने ग्यास बुलेटका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी निरिक्षक दासले बताए । मृतक श्रेष्ठको हेटौंडा १० सिमाचोकमा चिया पसल रहेको छ । उनी जेठा दाइको रुपमा पचिचित छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -