April 19, 2025

उपत्यकाभित्रको जोर–बिजोर हटाउन सिफारिस

February 6, 2022
- ADVERTISEMENT -

काठमाडौं / काठमाडौं उपत्यकाभित्र यातायातमा लागु जोर–बिजोर हटाउन सिफारिस गरिएको छ। कोरोना संक्रमणदर घट्दै गएको भन्दै सिसीएमसीको आज बसेको बैठकले जोर–बिजोर हटाउन सिफारिस गरेको हो ।
अहिले निजी सवारी साधन र ट्याक्सीहरूमा जोर–बिजोर प्रणाली लागु थियो। साथै फागुन १ गतेदेखि विद्यालय सञ्चालन गर्न दिने निर्णय पनि भएको छ। माघभर विद्यालय बन्द गरिएको थियो।
माघ १५ देखि २० सम्म विद्यार्थीलाई खोप लगाउन विद्यालय खुलेका थिए। रात्रिकालीन व्यवसाय र खेलकूद पनि सञ्चालन गर्न सहज बनाउने सिफारिस भएको स्रोतले जनाएको छ।

- ADVERTISEMENT -