चितवन / चितवन राष्ट्रिय निकुञ्जको बाघमाारा पोष्ट नजिकै काभ्रेताल छेउमा बच्चा गैंडा मृत फेला परेको छ । निकुञ्जले बाघको आक्रमणबाट गैंडा मरेको जनाएको छ । निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीका अनुसार अन्दाजी २ वर्षको गैंडा मृत फेला परेको हो ।
गैंडाको खुर सुरक्षित रहेको छ । उमेरका कारण खाग पलाउने अबस्था नरहेको उहाँले जानकारी दिनुभयो । गैंडालाई केही दिन अघि बाघले खाएकाले लिंग पहिचान हुन सकेको छैन ।
निकुञ्जमा चालु आर्थिक वर्षमा २४ वटा गैंडा मरेका छन् । जसमध्ये २ चोरी शिकारी र २२ वटा प्राकृतिक कारणले मरेका हुन । वन क्षेत्रमा थप एक गैंडा यसै अबधिमा मरेको छ ।
निकुञ्जमा दुई वर्षको मृत गैंडा फेला
February 8, 2022

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

उवा संघ–चितवनका सदस्यलाई पुष्पान्जली हस्पिटलको २५ प्रतिशत छुट

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण कार्य जारी, २० प्रतिशत सकियो

सर्वोच्चको आदेशपछि पनि आन्दोलन नछाड्ने अडान, शिक्षकहरू अझै सडकमा

सार्वजनिक मञ्चबाटै प्रधानमन्त्री ओलीले सरकार ढल्न लागेको संकेत गरेपछि …

आजदेखि बजेट अधिवेशन सुरु, प्रधानमन्त्रीले संसद्मा सम्बोधन गर्ने
- ADVERTISEMENT -
