निर्वाचन २५ दिन बाँकी
२०८२ माघ २६, सोमबार
February 9, 2026
२०८२ माघ २६, सोमबार
February 9, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनमा ‘पिपिआर रोग’ नियन्त्रण गर्न खोप अभियान सुरु

प्रकाशित मिति : २०७८ माघ २६ गते
- ADVERTISEMENT -

चितवन / भेडाबाख्रालाई लाग्ने ‘पिपिआर रोग’ नियन्त्रणका लागि जिल्लामा खोप लगाउन सुरुआत गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जिल्लाका सात पालिकामा एकै पटक अभियानका रुपमा खोप लगाउन थालेकोे हो ।
चौवालीस स्थानमा खोप केन्द्र तय गरी खोप लगाउन सुरु गरिएको कार्यालयका निमित्त प्रमुख प्रभात न्यौपानेले जानकारी दिनुभयो ।
उहाँका अनुसार जिल्लामा रहेका तीन लाख भेडाबाख्रा मध्ये १ लाख २७ हजारलाई खोप लगाइने छ । कार्यालयले यही माघ २५ गते मङ्गलबारदेखि फागुन २ गतेसम्म खोप अभियानका रुपमा कार्यक्रम सञ्चालन गरेको उहाँले जानकारी दिनुभयो ।
प्रदेश सरकारले प्रदेशका सबै जिल्लामा एकै पटक खोप अभियान सञ्चालन गरेको हो । यो रोगले एकै खोरमा धेरै क्षति पु¥याउने जनाइएको छ । उहाँले भन्नुभयो, “सप्ताहव्यापी अभियानमा खोपमा सहभागी हुन किसानलाई आग्रह गछौँ ।”
विज्ञ केन्द्र, पशु सेवा केन्द्र, स्थानीय तहका पशुसेवा शाखामा सम्पर्क गर्न उहाँले अनुरोध गर्नुभयो । बीस भन्दा बढी भेडाबाख्रा हुने किसानले जानकारी गराए खोरमै पुगेर खोप लगाइनेछ । यो खोप निःशुल्क लगाइने उहाँले राससलाई जानकारी दिनुभयो ।
भरतपुर महानगरका पशुसेवा केन्द्रमा राखिएका ८ खोप केन्द्रमार्फत खोप लगाइने छ । यसका लागि रत्ननगरमा तीन, कालिकामा चार, राप्तीमा पाँच, माडीमा नौ र खैरहनी नगरपालिकामा १२ खोप केन्द्र मार्फत खोप सेवा सुरु गरिएको हो ।
यसैगरी इच्छाकामना गाउँपालिकामा तीन खोप केन्द्र तय गरिएको छ । सप्ताहव्यापी अभियानमा भरतपुरमा ३० हजार, रत्ननगरमा २० हजार, कालिकामा १५ हजार, खैरहनीमा १५ हजार, राप्तीमा २० हजार, माडी नगरपालिकामा १५ हजार र इच्छाकामनामा २० हजार खोप लगाउने लक्ष्य लिइएको छ ।
गतवर्ष जिल्लामा ७० हजार भेडाबाख्रामा खोप लगाइएको कार्यालयले जनाएको छ । खोप अभियानमा ३८ भ्याक्सिनेटेर खटिने छन् । गतवर्ष तीन पटक पिपिआर रोगको सङ्क्रमण फैलिँदा करिब एक हजार २०० भेडाबाख्रामा मरेका थिए ।
एक चोटी खोप लगाएपछि तीन वर्षसम्म सो रोगको समस्या नदेखिने निमित्त प्रमुख न्यौपानेको भनाइ छ । महामारी रोग भएकाले रोगी भेडाबाख्राको सम्पर्कमा रहने, लसपस भएको दानापानी, घाँसपात खाने, सोत्तर प्रयोग गर्ने भेडाबाख्रामा सर्ने गर्छ ।
ज्वरो आउने, झोक्राउने, नखाने, उग्राउन छाड्ने, आँखामा कचेरा र नाकमा बाक्लो सिगान आउने, निमोनिया हुने, मुखभित्र घाउ देखिने, बथानमा एकैपटक धेरै भेडाबाख्रा मर्ने पिपिआर रोगका लक्षण हुन् । रासस

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
144.76
145.36
European Euro
1
170.70
171.41
UK Pound Sterling
1
196.72
197.54
Swiss Franc
1
186.09
186.86
Australian Dollar
1
101.01
101.43
Canadian Dollar
1
105.78
106.22
Singapore Dollar
1
113.68
114.16
Japanese Yen
10
9.22
9.26
Chinese Yuan
1
20.86
20.95
Saudi Arabian Riyal
1
38.60
38.76
Qatari Riyal
1
39.61
39.77
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
39.41
39.58
Malaysian Ringgit
1
36.67
36.82
South Korean Won
100
9.87
9.91
Swedish Kroner
1
15.98
16.05
Danish Kroner
1
22.86
22.95
Hong Kong Dollar
1
18.52
18.60
Kuwaity Dinar
1
473.69
475.65
Bahrain Dinar
1
383.97
385.56
Omani Rial
1
376.02
377.58