Opens in a new tab
२०८३ आश्विन २९, बिहीबार
October 15, 2026
२०८३ आश्विन २९, बिहीबार
October 15, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

रत्ननगर ७ बालमैत्री तथा बालश्रम मुक्त घोषणा

प्रकाशित मिति : २०७८ माघ २९ गते

चितवन / चितवनको रत्ननगर नगरपालिका वडा नं ७ लाई वालमैत्री तथा वालश्रम मुक्त घोषणा गरिएको छ । बालमैत्री स्थानीय सासन कार्यान्वयन निर्देशिक २०७८ अनुरुप ५१ वटा सुचक पुरा गरी सो वडालाई शुक्रवार बालमैत्री घोषणा गरिएको हो । वालमैत्री घोषणा हुने सो वडा सातौ हो । यस अघि वडा नं ३,५,१०,१४,१५ र १६ लाई वालमैत्री वडा घोषणा गरिसकिएको छ । १६ वटा वडा मध्ये बाँकी रहेका ९ वटा वडालाई बालमैत्री तथा वालश्रम मुक्त घोषणा गरी चैत महिना भित्र समग्र नगरलाई नै वालमैत्री नगर घोषणा गर्ने तयारी रहेको मेयर नारायण वनले बताए ।
वडालाई वालमैत्री तथा वालश्रम मुक्त घोषणा गर्नुपूर्व बालश्रम मुक्त,वाल विवाह,बहुविवाह,पूर्ण खोप,जन्मदर्ता लगायतका ५१ वटा सुचक पुरा गरिएको छ । सौराहामा आयोजित एक औपचारिक कार्यक्रमका बीच वागमती प्रदेशका उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठले वालमैत्री घोषणा गरेका हुन । कार्यक्रममा मन्त्री श्रेष्ठले मेयर नारायण वन र वडाध्यक्ष लालबहादुर भट्टलाई वडा वालमैत्री भएको प्रमाणपत्र हस्तान्तरण गरेका थिए । घोषणा कार्यक्रममा वडा भित्रका वालक्लवलाई खेलकुदका सामाग्री हस्तारण समेत गरिएको छ ।
वालमैत्री वडा घोषणा गर्नुपूर्ण वडा भित्र रहेका वालश्रमिकको उद्दार गरी उनीहरुलाई शिक्षा,अभिभावकको आयआर्जनको लागि सीपमुलक तालिम तथा सामाग्री सहयोग,पूर्ण खोप,जन्मदर्ता लगायतका कामहरु गरिएको वडाध्यक्ष भट्टले बताए । वालमैत्री वडा कार्यान्यवनको लागि सो वडाले पञ्तबर्षीय रणनीतिक कार्ययोजना बनाएको छ ।
कार्ययोजनामा वडा भित्र विकास निर्माणका काम गर्दा वालमैत्री बनाउने,वालवालिकाको विकासको लागि प्रयाप्त बजेट विनियोजन गर्ने,वालश्रम भए नभएको विषयमा निरन्तर अनुगमन गर्ने लगायतको विषय समाबेश गरिएको वडाध्यक्ष भट्टले बताए । कार्यक्रममा वडा भित्रको परिचय सहित वालवालिकाको स्थितिपत्र पुस्तकको विमोचन समेत गरिएको थियो । कार्यक्रममा मेयर वनले बालमैत्री नगर घोषणा गर्नुपूर्व वालवालिकालाई लक्षित गरी वडा नं ८ मा वाटर किङडमको प्रक्रिया सुरु भइसकेको बताए । दुई महिना भित्र कुनै पनि हालतमा नगरलाई वालमैत्री घोषणा गर्ने वटमलाईन रहेको भन्दै उनले वाँकी रहेका वडाहरुलाई एकमुष्ट घोषणा गरी नगरलाई वालमैत्री घोषणा गरिने बताए ।
उपमेयर विमला दुवाडीले अन्य नगरबाट अबलोकन गर्न आउने गरी रत्ननगरलाई नमुना वालमैत्री नगर बनाउने बताइन । मन्त्री श्रेष्ठले विकास निर्माणको लगवा वालवालिकाको बृद्धि विकास,उनीहरुको अधिकार सुनिश्चितताले मात्र समग्र विकासले सार्थकता पाउने बताए । सामाजिक रुपान्तरणको एउटा महत्वपूर्ण अंग वालवालिका रहेको भन्दै उनले बालबालिका माग र उनीहरुको समस्या सामधान गर्न प्रदेश सरकार तयार रहेको बताए । वालमैत्री पूर्वाधार निर्माण गर्न सके नेपाल अन्तराष्टिय मोडलको बन्ने उनको भनाई छ ।
कार्यक्रममा रत्ननगर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बद्रिनारायण शर्मा,वडा नं २ का वडाध्यक्ष तिलकराज शर्मा,रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठ,संघका पूर्व अध्यक्ष तथा बाल संरक्षण तथा वालश्रम न्यूनीकरण कार्यक्रमका संयोजक ज्ञानबहादुर विसुराल, नेकपा एमाले जिल्ला कमिटी सदस्य विन्दा कार्की, महिला विकास अधिकृत दीपा घिमिरे,नगर स्तरीय वाल क्लवकी अध्यक्ष रोनिसा घिमिरे,बाघमारा वनका अध्यक्ष जित बहादुर तामाङ,रेवान सौराहाका महासचिव सुर्यबहादुर रिमाल,वडा सदस्य सोमबहादुर तामाङ लगायतले मन्तव्य राखेका थिए ।
वडाध्यक्ष भट्टको अध्यक्षतामा भएको कार्यक्रममा वडा स्तरीय वालक्लवकी अध्यक्ष अस्मिता भट्टले स्वागत मन्तव्य तथा वडा सचिव पदम सापकोटाले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रम उद्घाटन हुनुपूर्व सौराहामा सचेतनामुलक शोभायात्रा समेत निकालिएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.95
152.55
European Euro
1
170.07
170.74
UK Pound Sterling
1
201.57
202.37
Swiss Franc
1
182.30
183.02
Australian Dollar
1
106.52
106.95
Canadian Dollar
1
106.91
107.33
Singapore Dollar
1
118.53
119.00
Japanese Yen
10
9.59
9.63
Chinese Yuan
1
22.70
22.79
Saudi Arabian Riyal
1
40.46
40.62
Qatari Riyal
1
41.68
41.85
Thai Baht
1
4.53
4.54
UAE Dirham
1
41.37
41.54
Malaysian Ringgit
1
37.22
37.37
South Korean Won
100
11.38
11.42
Swedish Kroner
1
15.25
15.31
Danish Kroner
1
22.75
22.84
Hong Kong Dollar
1
19.36
19.44
Kuwaity Dinar
1
493.10
495.05
Bahrain Dinar
1
402.20
403.79
Omani Rial
1
394.67
396.23