२०८२ मंसिर २३, मंगलवार
December 9, 2025
२०८२ मंसिर २३, मंगलवार
December 9, 2025 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

एसपी ६ जनाको काज सरुवा, चितवनमा नवराज अधिकारी आउने

प्रकाशित मिति : २०७८ माघ २९ गते
- ADVERTISEMENT -

काठमाडौँ / प्रहरी प्रधान कार्यालयले ६ जना प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा गरेको छ।
शुक्रबार प्रधान कार्यालयले तीन जिल्लाका प्रहरी उपरीक्षकहरूको काज सरुवा गरेको हो।
चितवन जिल्लामा नवराज अधिकारीलाई काज खटाइएको छ। चितवनका एसपी ओम अधिकारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरिएको छ।
यस्तै, महोत्तरीमा प्रहरी उपरीक्षकमा कृष्ण पंगेनीको सरुवा भएको छ। त्यहाँ कार्यरत् दिनेश आचार्यको महानगरीय अपराध महाशाखामा सरुवा भएको छ।
यस्तै, बर्दिया जिल्लामा अख्तियारमा कार्यरत् वीरेन्द्रबहादुर शाहीको सरुवा भएको छ। बर्दियाका एसपी ईश्वर कार्कीको कार्य विभागमा सरुवा भएको छ।
साधारणतया, एक वर्ष कार्यसम्पादन गरिसकेपछि जिल्ला प्रहरी प्रमुखहरूको सरुवा हुने गरेको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -