मकवानपुर / नेकपा एकीकृत समाजवादीमा आबद्द जनवर्गीय संगठनहरुको आयोजनामा मकवानपुरको हेटौंडामा आज आइतबार हेटौंडामा एमसीसी विरुद्द प्रदर्शन गरिएको छ ।
हेटौंडाको शितलमहलचोकबाट सुरु भएको प्रदर्शन बुद्दचोक हुँदै सिमाचोकमा पुगेर सभामा परिणत भएको हो । पार्टीको जनवर्गीय संगठनहरुको आयोजनामा देशैभर हुने एमसीसीको विरोध कार्यक्रम अन्तर्गत हेटौंडामा पनि प्रदर्शन गरिएको हो । सभामा युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य कविन पन्तले एमसीसी कुनै हालतमा स्वीकार गर्न नसकिने बताए ।
पन्तले केपी ओली सरकारले संसदबाट पास गर्नुपर्ने सम्झौता गरेर एमसीसी रास्ट्रघाती काम गरेकाले यो परियोजना कुनै हालतमा कार्यान्वयन गर्न नहुने बताए । यस्तै, अनेरास्ववियुका केन्द्रीय उपमहासचिव किशोर टण्डनले एमसीसी खारेज हुनुपर्ने बताउदै एमसीसीलाइ टुंगो नलाग्दासम्म आफूहरु आन्दोलित भइराख्ने चेतावनी दिए ।
विरोध कार्यक्रममा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज ललित बस्नेत, पार्टी केन्द्रीय सदस्य मुनु सिग्देल, मकवानपुर अध्यक्ष श्रीधर पाख्रेल, सचिव विष्णुप्रसाद दाहाल लगायतको उपस्थिति रहेको थियो ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

एकीकृत समाजवादीको एमसीसी विरुद्द प्रदर्शन

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -











