काठमाडौं / आज सोमबार सर्वदलीय बैठक बस्दैछ । सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा सर्वदलीय बैठक बस्न लागेको हो । बैठक दिउँसो २ बजे बस्ने भएको सभामुखको सचिवालयले जनाएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद सचिवालयमा सत्ता गठबन्धनका सांसदहरुले महाअभियोग प्रस्ताव दर्ता गराएपछिको घटनाक्रमबारे छलफल गर्न सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएका हुन् ।
बैठकमा संसदमा एमालेले गर्दै आएको अवरोध खुलाउने र महाअभियोग प्रस्ताव प्रक्रियामा लैजाने विषयमा छलफल हुने सभामुखको सचिवालयले जनाएको छ । तर, सो बैठक प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बहिस्कार गर्ने भएको जनाएको छ ।
एमालेका नेता तथा सांसद शेरबहादुर तामाङले सभामुखले बोलाएको सर्वदलीय बैठक एमालेले बहिस्कार गर्ने बताए ।
‘एमाले त्यो बैठकमा जाँदैन । किनभने सभामुखप्रति हाम्रो असहमति रहँदै आएको छ । उहाँसँगै असहमति रहिरहेका बेला फेरि उहाँले नै बोलाएको बैठकमा जानुको अर्थ रहँदैन’, तामाङको भनाइ छ । नेकपा एमाले उच्च स्रोतका अनुसार एमालेले आजै सभामुख सापकोटाविरुद्ध महाभियोग प्रस्ताव लैजाने तयारी समेत गरेको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

सर्वदलीय बैठक आज बस्दै, बहिस्कार गर्दै एमाले

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.16
152.76

European Euro
1
170.13
170.80

UK Pound Sterling
1
201.45
202.25

Swiss Franc
1
182.73
183.45

Australian Dollar
1
106.10
106.52

Canadian Dollar
1
106.72
107.14

Singapore Dollar
1
118.88
119.34

Japanese Yen
10
9.63
9.66

Chinese Yuan
1
22.73
22.82

Saudi Arabian Riyal
1
40.51
40.67

Qatari Riyal
1
41.74
41.91

Thai Baht
1
4.53
4.55

UAE Dirham
1
41.43
41.59

Malaysian Ringgit
1
37.24
37.39

South Korean Won
100
11.36
11.41

Swedish Kroner
1
15.22
15.28

Danish Kroner
1
22.76
22.85

Hong Kong Dollar
1
19.39
19.46

Kuwaity Dinar
1
493.55
495.49

Bahrain Dinar
1
402.81
404.39

Omani Rial
1
395.22
396.77












