चितवन / चितवन राष्ट्रिय निकुञ्जको कसरास्थित गोही प्रजनन केन्द्रमा हुर्काइएका ७२ घडियाल गोही विभिन्न नदीमा छाडिएका छन् । मङ्सिरयता ती गोही राप्ती, कोशी र नारायणी नदीमा छाडिएको हो । थप केही गोही राप्ती नदीमा छाड्ने तयारी निकुञ्जको छ । निकुञ्जको गोही प्रजनन केन्द्र हेर्दै आएका सहायक संरक्षण अधिकृत सरोजमणि पौडेलका अनुसार मङ्सिर १९ गते कसरा नजिकै राप्ती नदीमा १२ गोही छाडिएको थियो ।
दुई भाले र १० पोथी नदीमा छाडिएको छ । माघ १९ गते पथरीस्थित कोशी नदीमा तीन भाले र १७ पोथी गरी २० गोही छाडिएको थियो । यही माघ २९ गते नवलपरासीस्थित दिव्यपुरी घाटबाट नारायणी नदीमा दुई भाले र १८ पोथी छाडिएको थियो । उनले केही दिनपछि राप्ती नदीमा थप ३० गोही छाड्ने तयारी गरिएको बताए ।
हालसम्म विभिन्न नदीमा एक हजार ६५७ गोही छाडिएको सहायक संरक्षण अधिकृत पौडेलले जानकारी दिए । यसवर्ष राप्ती र नारायणीका सात वटा गुढबाट सङ्कलन गरिएका गोहीका अण्डाबाट २५८ वटा बच्चा कोरलिएका छन् । ती नदीमा गोहीका गुँढमा रहेका अण्डा प्रजनन केन्द्रमा ल्याएर बच्चा कोरल्ने गरिन्छ ।
यही फागुन १५ गतेदेखि दुबै नदीमा गोहीको गुँढ अनुगमन गरिँदै छ । केन्द्रमा हुर्किएकामध्ये सबैभन्दा धेरै गोही निकुञ्ज हुँदै बग्ने राप्ती नदीमा छोडिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले बताउनुभयो ।
हालसम्म राप्तीमा ८६७, नारायणीमा ४१९, बबईमा ११०, सप्तकोशीमा ११५, कर्णालीमा ४१ र कालीगण्डकीमा ३५ वटा गोही छोडिएका छन् । हाल निकुञ्जको घडियाल संरक्षण तथा प्रजनन केन्द्रमा ४५० गोही छन् ।
प्रजनन केन्द्रमा एउटा मात्रै वयस्क भाले घडियाल गोही रहेको छ । केन्द्रमा १३ वयस्क घडियाल छन् । प्रमुख संरक्षण अधिकृत आचार्यले सबैको साथ र सहयोग बिना संरक्षण सम्भव नहुनेमा जोड दिए । रासस
- ADVERTISEMENT -

- ADVERTISEMENT -

तीन नदीमा छाडिए ७२ गोही

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
153.98
154.58

European Euro
1
173.17
173.84

UK Pound Sterling
1
203.95
204.75

Swiss Franc
1
185.24
185.96

Australian Dollar
1
107.32
107.74

Canadian Dollar
1
107.91
108.33

Singapore Dollar
1
120.44
120.91

Japanese Yen
10
9.73
9.77

Chinese Yuan
1
22.97
23.06

Saudi Arabian Riyal
1
41.02
41.18

Qatari Riyal
1
42.24
42.41

Thai Baht
1
4.58
4.60

UAE Dirham
1
41.93
42.09

Malaysian Ringgit
1
37.69
37.84

South Korean Won
100
11.50
11.55

Swedish Kroner
1
15.39
15.45

Danish Kroner
1
23.17
23.26

Hong Kong Dollar
1
19.62
19.70

Kuwaity Dinar
1
499.69
501.64

Bahrain Dinar
1
408.41
410.00

Omani Rial
1
399.95
401.51














