२०८२ माघ ३, शनिबार
January 17, 2026
२०८२ माघ ३, शनिबार
January 17, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

नेपालमा संक्रमित थप ५७० जना, ६ जनाको मृत्यु

प्रकाशित मिति : २०७८ फाल्गुन ५ गते
Sketch
- ADVERTISEMENT -

काठमाडौं / नेपालमा पछिल्लो २४ घण्टामा थप ५७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट ७ हजार २८ र एन्टिजेन विधिबाट २ हजार ७६१ जनामा परिक्षण गर्दा आज ५७० जनामा कोरोना संक्रमण देखिएको हो ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख ७४ हजार ८५७ र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ३८ हजार २५० जना पुगेको छ ।
यस्तै थप १ हजार ९९३ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ९ लाख ४६ हजार ३३० जना पुगेको छ ।
यसैबीच कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा ज्यान गुमाउनेको कुल संख्या ११ हजार ९११ छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ६१६ रहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -