काठमाडौं / नेपाली निर्देशक दीपक रौनियारले नयाँ फिल्म ‘द स्काइ इज माइन’ मा भारतकी भर्सटायल अभिनेत्री तनिष्ठा चटर्जीलाई मुख्य भूमिकामा अनुबन्ध गरेका छन् । ‘ब्रिटिश इन्डिपेन्डेन्ट फिल्म अवार्ड’ मा फिल्म ‘ब्रिक लेन’, पार्च्ड’ र लायन’ बाट उत्कृष्ट अभिनेत्रीको मनोनयनमा परेकी उनले पहिलो निर्देशकिय फिल्म ‘रोम रोम में’ का लागि बुसानमा ‘एशिया स्टार’ पुरस्कार समेत जितेकी थिइन् ।
फिल्मको कथा दीपकसँगै डेविड बार्कर र आशा मगरतीले मिलेर लेखेका हुन् । फिल्मले दक्षिण एसियामा व्याप्त जात प्रथाको कथा पेश गर्नेछ, जहाँ छालाको रङलाई विशेष महत्त्व दिइन्छ । फिल्म एक गहुँगोरो महिला पुलिस अफिसरको वरिपरी घुम्नेछ, जसले जासूस बनेर देशमा जरा गाँडेर बसेको कुप्रथालाई अन्त्य गर्नेछिन् । फिल्ममा तनिष्ठा चटर्जीले ममताको चरित्र निर्वाह गर्नेछिन् ।
‘द स्काइ इज माइन’ मा आशा मगराती र दयाहाङ राईको पनि मुख्य भूमिका रहनेछ । फिल्मको बारेमा रौनियारले भनेका छन्, ‘फिल्मको मुख्य चरित्र र कहानी आशा ९श्रीमती० र मेरो विवाहबाट प्रेरित छ । उनी एक गहुँगोरो तल्लो जातको पहाडी समुदायकी हुन् र म कालो रंगको मधेशी समुदायको हुँ । हामी विषयवस्तु र चरित्रको जटिलता बुझ्ने एक राम्रो कलाकारको खोजीमा थियौं ।’
निर्देशक रौनियारले तनिष्ठाको करिअरलाई आफूले १० वर्षदेखि पछ्याइरहेको र उनको काम एकदमै मनपर्ने गरेको बताएका छन् । ‘पहिलो भेटमै मैले खोजेको ममता तन्निष्ठ नै हुन् भन्नेमा स्पष्ट भएको थिएँ । हामी राम्रोसँग फिल्ममा जोडियौं । म उनीसँग काम गर्नका लागि उत्साहित छु’, उनले भनेका छन् । आउँदो मे (बैशाख) बाट फिल्मको छायांकन सुरु गर्ने तयारीमा रौनियार छन् ।
तन्निष्ठले फिल्मको कथावस्तुले आफूलाई आकर्षित गरेको अंग्रेजी अनलाइन भेराइटीसँगको कुराकानीमा बताएकी छन् । उनले भनेकी छन्, ‘म दीपक रौनियारलाई व्यक्तिगत रुपमा चिन्दिनँ तर गत वर्ष हामीले जूम च्याटमा कथावस्तुलाई लिएर कुराकानी गरौं । मलाई स्क्रिप्ट साह्रै मन पर्यो । मलाई संस्कृतिको विषयमा काम गर्न मन पर्छ ।’ मैथ्यू टोपोनियरले फिल्मको सम्पादन गर्नेछन् ।
फिल्म ‘हाइवे’ र ‘ह्वाइट सन्’ बाट वाहवाही बटुलेका रौनियारको सर्ट फिल्म ‘फोर नाइट्स’ अहिले बर्लिन फिल्म फेस्टिभलमा स्क्रिनिङ भैरहेको छ । उनी निर्देशित ‘हाइवे’ को सन् २०१२ मा बर्लिन फिल्म फेस्टिभलमा स्क्रिनिङ भएको थियो भने दोस्रो फिल्म ‘ह्वाइट सन्’ ले भेनिस, पाम स्प्रिंग्स, फ्राइबर्ग र सिंगापुरमा पुरस्कार जितेको थियो । उनी बर्लिनले ‘ट्यालेन्ट’ का पूर्व विद्यार्थी हुन् । (फिल्मीखबरबाट)
- ADVERTISEMENT -

- ADVERTISEMENT -

दयाहाङसँग फिल्म खेल्दै भारतीय अभिनेत्री तनिष्ठा

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
154.48
155.08

European Euro
1
173.05
173.72

UK Pound Sterling
1
204.42
205.21

Swiss Franc
1
186.06
186.79

Australian Dollar
1
107.90
108.32

Canadian Dollar
1
108.35
108.77

Singapore Dollar
1
120.62
121.09

Japanese Yen
10
9.76
9.79

Chinese Yuan
1
23.08
23.17

Saudi Arabian Riyal
1
41.12
41.28

Qatari Riyal
1
42.42
42.58

Thai Baht
1
4.61
4.63

UAE Dirham
1
42.06
42.22

Malaysian Ringgit
1
37.82
37.96

South Korean Won
100
11.52
11.57

Swedish Kroner
1
15.45
15.51

Danish Kroner
1
23.15
23.24

Hong Kong Dollar
1
19.68
19.76

Kuwaity Dinar
1
501.31
503.26

Bahrain Dinar
1
409.06
410.64

Omani Rial
1
401.24
402.80














