काठमाडौं / नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दैछ । एकीकृत समाजवादीको बैठक आज (शनिबार) बिहान ११ बजे नयाँबानेश्वरस्थित अर्याल होटेलमा बस्ने भएको हो । उक्त बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफल हुने बताइएको छ ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सत्ता गठबन्धनको बैठकमा र सार्वजनिक कार्यक्रमहरूमा एमसीसी जस्ताकोतस्तै संसदबाट पारित गर्न नहुने मत राख्दै आएका छन् ।
एकीकृत समाजवादी पार्टीका महासचिव डा. वेदुराम भुसालले स्थायी कमिटीको बैठकमा समसामयिक राष्ट्रिय राजनीति, चुनावको तयारी, पार्टीको आन्तरिक गतिविधि लगायतका विषयमा बैठकमा छलफल हुने जानकारी दिएका छन् ।
नेकपा समाजवादीको स्थायी कमिटी बैठक आज, एमसीसीबारे छलफल
February 19, 2022

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
