चितवन / भरतपुरको एक रेष्टुरेन्टमा जुवा खेल्दै गरेका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । भरतपुर महानगरपालिका वडा नं. १० स्थित साकुरा रेष्टुरेन्टमा जुवा खेल्दै गरेका उनीहरुलाई नगदसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा भरतपुर १० का ३६ वर्षीय प्रकाश रानाभाट, रौतहट घर भई भरतपुर ७ मा बस्ने ३० वर्षीय सुवास महतो, भरतपुर ४ का ५६ वर्षीय टुङराज लामिछाने, भरतपुर १० का ४८ वर्षीय सरोज खनाल र भरतपुर १२ का ४२ वर्षीय राजकुमार श्रेष्ठलाई पक्राउ गरिएको हो ।
जुवा खेलिरहेको अवस्थामा उनीहरुबाट तास र नगद एक लाख दुई हजार तीन सय ७० रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।
चितवनको भरतपुरमा नगदसहित पाँच जुवाडे पक्राउ
February 19, 2022

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
