Opens in a new tab
२०८३ आश्विन २८, बुधबार
October 14, 2026
२०८३ आश्विन २८, बुधबार
October 14, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

गौतमबुद्ध विमानस्थलमा सुरु भयो यान्त्रिक परीक्षण उडान

प्रकाशित मिति : २०७८ फाल्गुन ७ गते
File photo.

बुटवल / गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक परीक्षण उडान (क्यालिब्रेशन फ्लाईट) सुरु भएको छ । सो विमानस्थलमा शुक्रबारदेखि यान्त्रिक परीक्षण उडान सुरु भएको हो । एरो थाईको विमानबाट यान्त्रिक परीक्षण उडान थालिएको छ ।
परीक्षण उडान शुक्रबार मध्यान्ह १२ बजे र अपरान्ह ५ बजे गरिएको थियो । यो उडान हरेक दिन दुई सिफ्ट सञ्चालन गरिने विमानस्थलका महाप्रवन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए ।
उडानका बेला बिहान १० बजेदेखि ५ बजेसम्म अन्य नियमित उडान भने बन्द गरिएको छ । महाप्रवन्धक दाहालका अनुसार अब प्रत्येक दिन १५ फागुनसम्म क्यालिब्रेशन फ्लाईट हुनेछ । ‘क्यालिब्रेशन फ्लाईटका बेला अन्य नियमित उडानहरु बन्द हुनेछन्,’ उनले भने ।
ग्राउण्ड, टावर, सञ्चार र भवनमा जडान गरिएका उपकरणले काम गरे/नगरेको जाँच गर्न यान्त्रिक परीक्षण उडान सुरु गरिएको दाहालले बताए । विमानस्थलको भौतिक निर्माण तथा उपकरण जडानसम्बन्धी कार्य सम्पन्न भइसकेको छ ।
अब एनएभी, एआइडिएस लगायत विभिन्न प्रविधि जडानको काम हुने उल्लेख गरिएको छ । क्यालिब्रेशन फ्लाईट भइसकेपछि नेपाल वायुसेवा निगमको विमानबाट परीक्षण उडान गरिनेछ । परीक्षण उडानपछि व्यावसायिक उडानको तयारी गरिनेछ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पमा रहेको यो विमानस्थलको लम्बाइ तीन हजार मिटर र चौडाइ ६० मिटर छ । एडीबीको सहयोगमा निर्माण गरिएको यो विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछिको नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल हो । यो नेपाल सरकारको राष्ट्रिय गौरवको आयोजना हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.16
152.76
European Euro
1
170.13
170.80
UK Pound Sterling
1
201.45
202.25
Swiss Franc
1
182.73
183.45
Australian Dollar
1
106.10
106.52
Canadian Dollar
1
106.72
107.14
Singapore Dollar
1
118.88
119.34
Japanese Yen
10
9.63
9.66
Chinese Yuan
1
22.73
22.82
Saudi Arabian Riyal
1
40.51
40.67
Qatari Riyal
1
41.74
41.91
Thai Baht
1
4.53
4.55
UAE Dirham
1
41.43
41.59
Malaysian Ringgit
1
37.24
37.39
South Korean Won
100
11.36
11.41
Swedish Kroner
1
15.22
15.28
Danish Kroner
1
22.76
22.85
Hong Kong Dollar
1
19.39
19.46
Kuwaity Dinar
1
493.55
495.49
Bahrain Dinar
1
402.81
404.39
Omani Rial
1
395.22
396.77