२०८२ चैत्र ३, मंगलवार
March 17, 2026
२०८२ चैत्र ३, मंगलवार
March 17, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

‘यथास्थितिमा एमसीसीको पक्षमा नजाने’ – मन्त्री खनाल

प्रकाशित मिति : २०७८ फाल्गुन ८ गते
- ADVERTISEMENT -


चितवन । बागमती प्रदेशका कानुन तथा मामिला मन्त्री कृष्ण खनालले एकीकृत समाजवादी यथास्थितिमा एमसीसीको पक्षमा नजाने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको भरतपुर महानगरपालिका वडा नं. ७ कमिटी भेलामा प्रमुख अतिथि समेत रहेका मन्त्री खनालले शनिबार आयोजित कार्यक्रममा यथास्थितिमा एमसीसीको पक्षमा नजाने बताएका हुन् ।
कार्यक्रममा बोल्दै मन्त्री खनालले हालसम्म वैदेशिक अनुदान मन्त्रिपरिषदले नै निर्णय गर्दै आएको बताएका छन् । ‘एमसिसीलाई संसदले किन पास गर्नुपर्ने ?’ उनले भने, ‘यसमा केही न केही रहस्य भएको हामी सबैले बुझ्न जरुरी छ ।’
हालको गठबन्धन सरकार आवश्यकता र विषम परिस्थितिमा बनेको उनको भनाइ थियो । गठबन्धनको सरकार एउटा परिस्थितिले सिर्जना भएको र केपी ओली यसको कारण भएको उनले आरोप लगाए ।
केपी ओलीले पाँच वर्षको सरकार २ वर्षमा नै विघटन गरेपछि यो अवस्था आएको मन्त्री खनालले बताए । उनले भने, ‘ओलीले व्यवस्था र संविधान नै कोल्याप्स गर्न खोजेकोले त्यसको लागि अहिलेको गठबन्धन बनेको हो ।’
स्थानीय चुनावमा हाम्रो पार्टीको तर्फबाट उमेदवारी रहने सँगसँगै विजयी पनि हुने निश्चित भएको उनले दावी गरे । ‘हामीले सुरुदेखि नै राम्रो गर्दै आएका छौं ।‘ उनले थपे, ‘नहुने खालको कुनै काम गरेको छैनौँ, त्यसैले हामीले चुनाव जित्छौं ।’
चुनावको जित्नका लागि गठनबन्धन नै गरेर जान सक्ने अवस्था भए पनि जसरी पनि चुनावको विजयी आफ्नो पोल्टामा पार्ने उनले दावी गरे । चुनावका लागि अहिलेदेखि नै तयारी थाल्न उनले निर्देशन समेत दिएका छन् ।
उनले पार्टीलाई जिताउन केन्द्रस्तरबाटै सहयोग गरिने प्रतिबद्धता समेत व्यक्त गरे । ‘हामी कमजोर छैनौँ, हामी मजबुत छौँ’ ‘उनले भने, हाम्रो प्रतिस्पर्धी जो भए पनि पराजित गर्न सक्छौं ।’
पाँच वर्षको सरकारलाई ओलीले ३ वर्षमै विघटन गरेको उनको आरोप थियो भने पार्टी फुटाउने ठूलो भूल गरेको उनले बताए । हिजो एक हुँदा त दुई तिहाइ नआएको, अब चुनावमा दुई तिहाई ल्याउने ओलीको घमण्ड मात्र भएको उनको जिकिर थियो ।
उनले अब चुनाव जितेर सरकार बनाउने ओलीको कल्पना मात्र भएको व्यङ्ग्य गरे । ओलीको दम्भले मान्छे सँगसँगै पार्टीलाई पनि खाने उनको दावी थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
147.58
148.18
European Euro
1
169.34
170.03
UK Pound Sterling
1
195.82
196.61
Swiss Franc
1
187.27
188.03
Australian Dollar
1
104.04
104.47
Canadian Dollar
1
107.85
108.29
Singapore Dollar
1
115.38
115.85
Japanese Yen
10
9.27
9.30
Chinese Yuan
1
21.40
21.49
Saudi Arabian Riyal
1
39.33
39.49
Qatari Riyal
1
40.38
40.54
Thai Baht
1
4.55
4.57
UAE Dirham
1
40.18
40.34
Malaysian Ringgit
1
37.55
37.70
South Korean Won
100
9.89
9.93
Swedish Kroner
1
15.74
15.80
Danish Kroner
1
22.66
22.76
Hong Kong Dollar
1
18.85
18.92
Kuwaity Dinar
1
480.72
482.67
Bahrain Dinar
1
390.94
392.53
Omani Rial
1
383.32
384.88