चितवन / तमु (गुरुङ) सञ्चारकर्मी संघ जिल्ला शाखा चितवनको प्रथम जिल्ला अधिवेशन सोमबार सम्पन्न भएको छ । उक्त अधिवेशनबाट पत्रकार तुलमान गुरुङ अध्यक्ष पदमा निर्विरोध चयन भएका छन् ।
नवनिर्वाचित संघको उपाध्यक्षमा हिरालाल गुरुङ, सचिवमा राजनदिल गुरुङ, सहसचिवमा गीता गुरुङ, कोषाध्यक्षमा नेत्र गुरुङ निर्विरोध चयन भएका हुन् भने यस्तै सदस्यहरुमा घना गुरुङ, करिश्मा गुरुङ, कमला गुरुङ र ममता गुरुङ सर्वसम्मत चयन भएका छन् ।

बागमती प्रदेश सदस्य तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री रिना गुरुङले पानसमा दियो प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेकी थिइन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेकी गुरुङले संघलाई आजीवन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनका रमेश रानामगर, सुनसरीका नवीन गुरुङ, तामाङ पत्रकार संघ चितवनका बबिलाल तामाङ, नेवा दवु पत्रकार संघका कमलमान श्रेष्ठ लगायत विभिन्न संघ संगठनका व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
तमु (गुरुङ) सञ्चारकर्मी संघ जिल्ला शाखा चितवनको २०७१ सालमा तदर्थ समिति गठन भएको थियो । संघले २०७८ साल फागुन १० गते ७ वर्षपछि पहिलो पटक प्रथम जिल्ला अधिवेशन गरेको हो । पछिल्लो समय पत्रकारिता क्षेत्रमा गुरुङ समुदायहरुको पनि सक्रिय सहभागिता देखिँदै गएको पाइएको छ ।
कार्यक्रमको सभापतित्व चित्रबहादुर गुरुङले गरेका थिए भने सञ्चालन राजनदिल गुरुङले गरेको हो ।
- ADVERTISEMENT -



























