२०८३ श्रावण ४, सोमबार
July 20, 2026
२०८३ श्रावण ४, सोमबार
July 20, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

जुधेर र दलदलमा फसेर गैँडा मर्ने क्रम बढ्दो

प्रकाशित मिति : २०७८ फाल्गुन १० गते
File Photo

चितवन / दुर्लभ एक सिङ्गे गैँडाको संख्या बढ्दै गएकाले जुधेर वा दलदलमा फसेर मर्ने क्रम उच्च हुँदै गएको अनुमान गरिएको छ । ठूलो संख्यामा गैँडा एकै ठाउँ हुँदा उचित बासस्थानका अभावमा प्राकृतिक कारणबाट मर्ने संख्या बढी भएको अनुमान लगाइएको हो ।
चालु आर्थिक वर्ष २०७८÷०७९ मा हालसम्म २५ गैँडा प्राकृतिक कारणले मरेका छन् । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले मरेकामध्ये सात जुधेर मरेका हुन भने ६ दलदलमा फसेर मरेको जानकारी दिए । यो अवधिमा तेस्रो धेरै चार वटा बाघको आक्रमणबाट, दुई बाढीले बगाएर, दुई बूढो भएर मरेका हुन् । दुईको कारण खुल्न सकेको छैन भने एउटा बच्चा माउबाट छुट्टिएर र एउटा खाडलमा परेर मरेका छन् ।
यसै अवधिमा दुई चोरी सिकारीबाट मरेका छन् । उहाँका अनुसार पछिल्ला वर्षमा जुधेर मर्ने गैँडाको संख्या बढ्दै गएको छ । पछिल्लो गणना अनुसार यस निकुञ्जमा ६९२ वटा गैँडा रहेका छन् । संख्या बढ्दै जाँदा घाँसे मैदान र पानीका स्रोत बढेको पाइदैन ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको संख्या बढी रहेको छ । एकीन तथ्याङ्क नभए पनि ७० प्रतिशत हाराहारी गैँडा मुख्य कार्यालय कसराबाट पश्चिमी क्षेत्रमा रहेको उनको भनाइ छ । प्राकृतिक कारणबाट हुने मृत्यु दर घटाउन पश्चिमको गैँडा पूर्व स्थानान्तरण गर्नुपर्ने, नमूना घाँसे मैदानको व्यवस्थापन गर्नुपर्ने र पानीका स्रोत बढाउनुपर्ने प्रस्ताव निकुञ्जको रहेको उनले जानकारी दिए ।
वन तथा वातावरण मन्त्रालय र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका पदाधिकारी गैँडा आन्तरिक स्थानान्तरण र घाँसेमैदान व्यवस्थापन गर्नुपर्ने कुरामा सकारात्मक छन् । यी काम गर्न सकेमा जुधेर र दलदलमा फसेर मर्ने संख्या घटाउन सकिने उनको भनाइ छ ।
गैँडा एकै ठाउँमा धेरै हुँदा एक आपसमा जुध्ने र कमजोर भाग्दै जाँदा दलदलमा फसेर मर्ने गरेको पाइएको छ । बाघले लखेट्दा भाग्दै गरेका गैँडाका बच्चा दलदलमा फसेर मर्ने गरेका छन् ।
विचरण र वितरण समानुपातिक भयो भने घनत्व कम हुने भन्दै संरक्षण अधिकृत आचार्यले यसबाट प्राकृतिक मृत्यु घटाउन सकिने बताए । दुर्लभ एक सिङ्गे गैँडाका लागि चितवन राम्रो मानिन्छ ।
यस निकुञ्जभित्र ८ हजार ९९५ दशमलब २ हेक्टर घाँसे मैदान रहेको छ । ती क्षेत्रलाई नियमित व्यवस्थापन गर्नुपर्ने हुन्छ । बजेटको अभावमा न्यून क्षेत्रमा व्यवस्थित गर्ने गरिएको छ । पानीका स्रोतको नियमित सरसफाइ र व्यवस्थापनसमेत बजेटका अभावमा कम मात्र हुने गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.76
154.36
European Euro
1
175.89
176.58
UK Pound Sterling
1
206.88
207.68
Swiss Franc
1
190.44
191.18
Australian Dollar
1
107.36
107.78
Canadian Dollar
1
109.66
110.09
Singapore Dollar
1
119.04
119.51
Japanese Yen
10
9.47
9.51
Chinese Yuan
1
22.69
22.78
Saudi Arabian Riyal
1
40.94
41.10
Qatari Riyal
1
42.17
42.34
Thai Baht
1
4.57
4.59
UAE Dirham
1
41.86
42.03
Malaysian Ringgit
1
37.55
37.69
South Korean Won
100
10.33
10.37
Swedish Kroner
1
15.94
16.00
Danish Kroner
1
23.53
23.62
Hong Kong Dollar
1
19.61
19.69
Kuwaity Dinar
1
500.03
501.98
Bahrain Dinar
1
407.74
409.33
Omani Rial
1
399.36
400.91