April 26, 2025

चितवनमा ४५ लाख बढी ठगी गर्ने एक महिला पक्राउ

February 22, 2022
फोटो : जिल्ला प्रहरी कार्यालय चितवन ।
- ADVERTISEMENT -

चितवन / वैदेशिक रोजगारीको प्रलोभन देखाई ठगी गर्ने एक महिला पक्राउ परेकी छन् । उक्त महिलालाई वैदेशिक रोजगारीको प्रलोभन देखाई ठगी आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।
प्रवक्ता अधिकारीका अनुसार पूर्वी चितवनको खैरहनी नगरपालिका–७ की ३८ वर्षीया मिना चौधरी पक्राउ परेको हो । पक्राउ परेका चौधरीले वैदेशिक रोजगारीमा राम्रो कमाई हुने प्रलोभन देखाई ठगी गरेको बताइएको छ । चिनजान तथा आफन्त मार्फत भिषा मगाएर विदेश पठाई दिने भनी ३८ जनासँग पैसा असुलेकी प्रहरीले जनाएको छ ।
चौधरीले विभिन्न मितिमा उनीहरुसँग ४५ लाख ७५ हजार रुपैयाँ लिएको प्रवक्ता अधिकारीले जानकारी दिए । चौधरीलाई चितवन जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -