चितवन / सामान्य लक्षणमा उपचार नगर्दा कलेजोको दीर्घरोग हुने गरेको चिकित्सकहरुले बताएका छन् । सुरुवाती चरणका लक्षणलाई वेवास्ता गर्दा पछि गम्भीर समस्या आउने गरेको चिकित्सकहरुको भनाइ छ ।
भरतपुर अस्पतालका हेपाटोलोजिष्ट डा.रुपेश श्रेष्ठ कलेजो रोगका सामान्य लक्षण देखिने वित्तिकै उपचार गर्ने हो भने गम्भीर समस्या आउनबाट रोक्न सकिने बताउनुहुन्छ । ठूलो समस्या आईसकेपछि मात्रै उपचार गर्न आउँने हुँदा समय, खर्च र दुःख बढी हुने गरेको उनको भनाई छ । नेपालमा कलेजो रोगको विषयज्ञ ज्ञान भएका कमै चिकित्सक रहेका छन् । यसै विषयमा डिएम गर्नुभएका श्रेष्ठले नेपालमा नौ जना मात्रै हेपाटोलोजिमा मात्रै डिएम गरेका चिकित्सक रहेको जानकारी दिए ।
जिल्लामा आफू एकमात्रै चिकित्सक भएको उनको दावी छ । वीर अस्पतालबाट डिएम सकेपछि छात्रवृत्ति करारमा यहाँ आउनु भएका श्रेष्ठले आम नागरिकलाई रोगका लक्षण देखिएमा समयमै उपचार गर्न सुझाव दिनुभएको छ । बिहान बेलुकाको समयमा मौलाकालिका अस्पतालमा सेवा दिंदै आउनु भएका श्रेष्ठले भने ‘सामान्य लक्षणहरुलाई वेवस्ता गर्दा कलेजोको दीर्घरोग झेल्नुपर्ने अवस्था आउने गरेको छ ।’ उनले अगाडि थपे, ‘कलेजो रोग लागेपछि लक्षणहरु देखिंएकै हुन्छन् । तर हल्का रुपमा लिंदा पछि गम्भीर बन्न सक्छ ।’ सामान्य देखिएका लक्षणहरुलाई वेवास्ता गर्दा पछि गम्भीर समस्या आउने गरेको उनको अनुभव छ ।
उनले अगाडि भने, ‘बिरामीले शुरुकै अवस्थामा गम्भीर रुपमा नलिंदाको परिणाम कलेजोको दीर्घरोग हुन्छ ।’ सामान्य भाषामा भन्नु पर्दा जण्डिस (पहेँलो रोग) लागेर आँखा, शरीर पहेँलो हुने, खान मन नलाग्ने, थकाई लाग्ने, आलस्यता हुने कलेजो रोगका मुख्य लक्षणहरु भएको उनको भनाइ छ । कलेजो रोग दीर्घरोगमा परिणत भइसकेको छ भने पेटमा पानी जम्ने, पेट फुल्ने, खुट्टा सुन्निने, रगत छाद्ने, बेहोस् हुने, अनुहारको रंग कालो हुँदै जाने, खान मन नलाग्ने जस्ता लक्षणहरु देखिन गरेको श्रेष्ठले बताए ।
कलेजो रोगबाट बच्नका लागि खानपिनमा विशेष ध्यान पु¥याउनु पर्ने बताउनुहुँदै उनले भने, ‘पोषिलो खानेकुरा खानुपर्छ । सामान्यतया हाम्रो भान्सामा पाक्ने माछा, मासु, अण्डा, गेडागुडी, सागसब्जी, फलफूल, दाल भात तरकारीहरु सबै खान सकिन्छ । यस्ता खानेकुराले नै कलेजोलाई बलियो बनाउँछ ।’ धुम्रपान, मद्यपान, लागुपदार्थ जस्ता वस्तुले कलेजोलाई हानि गर्ने भन्दै उनले भने, ‘कलेजो रोगका बिरामीले यस्ता वस्तु बार्नै पर्छ, अर्थात् खानै हुँदैन । यी वस्तुको सेवनले कलेजोको दीर्घरोग बनाउँछ ।’ मादक पदार्थको सेवनले अल्कोलिक लिवर डिजिज बनाउने र पछि गएर सिरोसिस (कलेजोलो कामै नगर्ने अवस्था) बन्ने श्रेष्ठको भनाइ छ ।
यस्तो अवस्थामा कलेजो प्रत्यारोपणको विकल्प नहुने श्रेष्ठको भनाई छ । बालबालिकामा पनि कलेजो रोग हुने भन्दै उहाँले अगाडि भने, ‘जण्डिसका कारणले, जन्मजात पनि बालबालिकामा कलेजो रोग हुन सक्छ ।’ बुढ्यौली उमेरमा धेरैजसो मादक पदार्थले गर्दा नै कलेजो बिग्रिन गरेको उनको अनुभव छ । उनले भने, ‘कतिपयमा कलेजोको क्यान्सर समेत हुन्छ ।’ मादक पदार्थ सेवा नगर्नेहरुमा पनि कलेजोको सिरोसि हुन सक्नेतर्फ उनले सचेत गराए । उनले भने, ‘त्यसलाई हामी नन अल्कोलिक फ्याटीलिवर डिजिज भन्दछौं ।’
‘जाँड रक्सी नखाने मानिस तर कलेजोमा बोसो जमेर सिरोसिस हुन सक्छ ।’ मोटोपन, मधुमेह, उच्च रक्तचाप भएकाहरु, केलेस्ट्रोलको मात्रा बढी भएकोमा पनि कलेजोको रोग देखिन सक्ने उनको भनाइ छ । समय समयमा कलेजो विशेषज्ञलाई परीक्षण गराएर आफ्नो कलेजोको अवस्थाबारे जानकारी लिईरहनु राम्रो हुने उनको सुझाव छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

समयमा उपचार गरे कलेजोको दीर्घरोगबाट मुक्त

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
147.58
148.18

European Euro
1
169.34
170.03

UK Pound Sterling
1
195.82
196.61

Swiss Franc
1
187.27
188.03

Australian Dollar
1
104.04
104.47

Canadian Dollar
1
107.85
108.29

Singapore Dollar
1
115.38
115.85

Japanese Yen
10
9.27
9.30

Chinese Yuan
1
21.40
21.49

Saudi Arabian Riyal
1
39.33
39.49

Qatari Riyal
1
40.38
40.54

Thai Baht
1
4.55
4.57

UAE Dirham
1
40.18
40.34

Malaysian Ringgit
1
37.55
37.70

South Korean Won
100
9.89
9.93

Swedish Kroner
1
15.74
15.80

Danish Kroner
1
22.66
22.76

Hong Kong Dollar
1
18.85
18.92

Kuwaity Dinar
1
480.72
482.67

Bahrain Dinar
1
390.94
392.53

Omani Rial
1
383.32
384.88












