निर्वाचन २४ दिन बाँकी
२०८२ माघ २६, सोमबार
February 9, 2026
२०८२ माघ २६, सोमबार
February 9, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनमा पूर्व विद्यार्थीबाट २ लाख बढी सहयोग संकलन, भोलि चेक हस्तान्तरण

प्रकाशित मिति : २०७८ फाल्गुन १२ गते
- ADVERTISEMENT -


चितवन । बालकुमारी माध्यमिक विद्यालय नारायणगढका पूर्व विद्यार्थीहरुले दुई लाख बढी आर्थिक सहयोग संकलन गरेका छन् । वि.सं. २०४७ साल ब्याचका विद्यार्थीहरुले उक्त विद्यालयका लागि आर्थिक सहयोग संकलन गरेका हुन् ।
पछिल्लो समय उक्त विद्यालयका अस्थायी शिक्षकशिक्षिकाहरुलाई तलबसम्म खुवाउन नसकिने दूरावस्था आएपछि आर्थिक संकलन गर्दै आइरहेको बालमाविद् एशोसियसनका पूर्व अध्यक्ष तथा विद्यार्थी आश्विन श्रेष्ठले जानकारी दिए । केही वर्ष अघि मात्र सम्पन्न स्वर्णमहोत्सव पश्चात विद्यालयमा आर्थिक समस्या टड्कारो देखिएको उनले बताए ।
आर्थिक सहयोग संकलकका संयोजक संजयकुमार गुप्ताका अनुसार हालसम्म दुई लाख नौ हजार अट्चालीस रुपैयाँ संकलन भएको छ । विद्यालयको लागि आर्थिक सहयोग गर्नेहरुमा प्रकाश ज्ञवाली रु. २५ हजार, लक्ष्मण काफ्ले तथा गीता काफ्ले रु. २५ हजार, बद्रि पौडेल १० हजार, अरुण पौडेल १० हजार, कपूर शर्मा १५ हजार, गुरु भण्डारी १० हजार, नरेन्द्रराज बर्तौला, संजय गुप्ता, धर्मराज सापकोटा, आश्विन श्रेष्ठलगायतका रहेको उनले जानकारी दिए ।
आर्थिक सहयोग संकलनमा महिलातर्फ संयोजक रिना श्रेष्ठले सहजीकरण गरेकी छिन् । श्रेष्ठले महिला विद्यार्थीहरुसँग आर्थिक सहयोग संकलन गर्दै आएकी छिन् ।
संयोजक गुप्ताले भोलि शुक्रबार विद्यालयका पूर्व प्रधानाध्यापक श्रीकृष्णराज हमालको रोहवरमा बालमाविद एशोसियसनका अध्यक्ष सेवन पन्तलाई चेक हस्तान्तरण गरिने बताए । उक्त चेक बालमाविदमार्फत विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष दिपक प्रधानलाई हस्तान्तरण गरिने भएको छ ।
विद्यालयका लागि आर्थिक सहयोग संकलन विभिन्न ब्याचका विद्यार्थीहरुले गरिरहेको उनको भनाइ छ । पर्सि शनिबार ४७ साल अघिका ब्याचका विद्यार्थीहरुले चेक हस्तान्तरण गर्ने उनले जानकारी दिए ।
चेक हस्तान्तरण कार्यक्रममा अभिभावकको रुपमा रहनुहुने पूर्व प्रधानाध्यापक हमालले विद्यालयको कर्तव्य, जिम्मेवारी र अभिभावकत्वबारे प्रशिक्षण दिइने भएको छ । अत्यधिक संख्यामा पढाइने हुने सो विद्यालय कुनै बेला चितवनमा नै सर्वोत्कृष्ट रहेको थियो । हाल विद्यालयमा ३०० जनाको हाराहारीमा विद्यार्थीहरु रहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
144.76
145.36
European Euro
1
171.06
171.77
UK Pound Sterling
1
197.07
197.89
Swiss Franc
1
186.61
187.38
Australian Dollar
1
101.57
101.99
Canadian Dollar
1
105.82
106.26
Singapore Dollar
1
113.88
114.35
Japanese Yen
10
9.21
9.25
Chinese Yuan
1
20.86
20.95
Saudi Arabian Riyal
1
38.60
38.76
Qatari Riyal
1
39.71
39.88
Thai Baht
1
4.60
4.61
UAE Dirham
1
39.41
39.58
Malaysian Ringgit
1
36.67
36.82
South Korean Won
100
9.89
9.93
Swedish Kroner
1
16.04
16.11
Danish Kroner
1
22.90
22.99
Hong Kong Dollar
1
18.53
18.60
Kuwaity Dinar
1
473.69
475.65
Bahrain Dinar
1
383.98
385.57
Omani Rial
1
376.02
377.58