चितवन / चितवन जिल्ला खेलकुद विकास समितिले बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगिता गर्ने भएको छ । उक्त प्रतियोगिता यही फागुन २८ देखि हुने भएकाले जिल्ला स्तरीय खेलाडी सहभागिताका लागि जिल्लाका सात वटै स्थानीय तहलाई पत्राचार गरिएको छ ।
बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा फागुन २८ देखि चैत ५ गतेसम्म विभिन्न प्रतियोगिता हुने चितवन जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख रामजी ढकालले जानकारी दिए ।
ढकालकाअनुसार फागुन १४ देखि फागुन १९ गतेसम्म विभिन्न विधाका खेलकुदको जिल्ला स्तरीय छनौट हुनेछ । फागुन १४ र १५ गते एथलेटिक्स र ब्याडमिन्टन, फागुन फागुन १५ गते कराँते, फागुन १७ गते बक्सिब , फागुन १७ र १८ गते फुटबल तथा भलिबल, फागुन १८ र १९ गते तेक्वान्दो तथा फागुन १९ गते क्रिकेटको जिल्लास्तरीय छनौट प्रतियोगिता हुने ढकालले जानकारी दिए ।
प्रत्येक खेलका लागि जिल्ला संयोजक तोकिएको भन्दै ढकालले फुटबलको श्रीकृष्ण कार्की, एथलेटिक्सका कान्ती महतो, बक्सिङका कृष्णबहादुर कुमाल, तेक्वान्दोका पुष्पराज जोशी, रोशन खान र मिरा थापा, कराँतेका टार्जन श्रेष्ठ र जंगबहादुर थिङ, भलिबलका उमा गुरुब र रमेशचन्द्र सिंह विक, ब्याडमिन्टनका सुदन दरै र राजेश श्रेष्ठ तथा क्रिकेटका रामजी ढकाल र अर्जुन केसीलाई संयोजक तोकिएको बताए । जिल्लास्तरीय प्रतियोगिताबाट छनौट भएका खेलाडीले मात्रै प्रदेश खेलकुद प्रतियोगितामा भाग लिन पाउने ढकालको भनाइ छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगिता हुने

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -













