April 25, 2025

चितवनमा अवैध कपडा र ट्रकसहित चालक पक्राउ

February 24, 2022
- ADVERTISEMENT -

चितवन / चितवनको खैरहनीबाट ठूलो परिमाणमा अवैध कपडा बरामद गरिएको छ । बीरगञ्जबाट नारायणगढतर्फ आउँदै गरेको चारवटा ट्रकबाट उक्त कपडा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
कार्यालय प्रमुख प्रहरी उपरिक्षक नवराज अधिकारीका अनुसार ८६ पोका कपडा बरामद भएको हो । प्रहरी उपरीक्षक अधिकारीले ना ६ ख ५०६१ नम्बरको ट्रकमा २५ पोका, ना ६ ख ११३ मा २१ पोका, ना ६ ख ११६६ मा ९ पोका र ना ७ ख ९२२४ नं. ३१ पोका अवैध कपडा बरामद भएको बताए । बरामद गरिएका पोकाभित्र कार्पेट, पर्दा सहित मानिसले लगाउने कपडाहरु रहेका छन् ।
प्रहरीले बिलबिजक नगरी भन्सार छलेर कपडा ल्याइएको सूचनाका आधारमा चेकजाँच गर्दा उक्त अवैध कपडा बरामद गरिएको हो । प्रहरीले उक्त चारवटा ट्रक र चालक समेत नियन्त्रणमा लिएको छ ।

- ADVERTISEMENT -