२०८२ माघ ३, शनिबार
January 17, 2026
२०८२ माघ ३, शनिबार
January 17, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनमा बाघको आक्रमणबाट एक वृद्धाको मृत्यु

प्रकाशित मिति : २०७८ फाल्गुन १३ गते
File photo.
- ADVERTISEMENT -

चितवन / बाघको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नं. ६ वर्ष ६० की चिजा सार्कीको बिहीबार बाघको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीका अनुसार भरतपुर वडा नं. १३ बेलसारस्थित चितवन राष्ट्रिय निकुञ्जमा घाँस काट्न गएकी सार्कीलाई बाघले आक्रमण गरेको हो । सार्कीसहित सोही स्थानका सीता दराई र हेमराज सापकोटासँगै घाँस काट्न गएका थिए ।
उनीहरु मध्ये सार्कीलाई एक्कासी बाघले आक्रमण गरेको बताइएको छ । बाघले आक्रमण गरेको खबर पाउनसाथ ईलाका प्रहरी कार्यालय गितानगर र निकुञ्जको वनको टोली हात्ती सहित घटनास्थलमा पुगेका थिए ।
टोली घटनास्थलमा पुग्दा सार्कीको मृत्यु भइसकेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ भने अन्य दुई जना भने सकुसल रहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -