मकवानपुर / हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११, सागरपथ सडक स्ल्याब ढलान कार्यमा अवरोध भएको छ । उक्त सडक बिजुलीको पोल बीच बाटोमा परेकाले स्ल्याब ढलानमा अवरोध भएको हो ।
सो सडक स्ल्याब निर्माण हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा निर्माण हुन लागेको हो । विद्युत् प्राधिकरणलाई पटकपटक आग्रह गर्दा र वडा कार्यालयको सिफारिसपत्र लैजाँदा पनि पोल सार्न नमानेको सागरपथ टोल विकास समिति अध्यक्ष सूर्यबहादुर थिङले बताए । प्राधिकरणले पोल सारे वापत् २५ हजार रुपियाँ माग गरेको उनको भनाइ छ ।
अध्यक्ष थिङले एउटा सरकारी तहले बजेट छुट्याएर विकास निर्माणको कार्य अगाडि बढाउन अनुमति दिइरहँदा अर्को सरकारी निकायले आफूखुसी रकम माग गरेको उनले बताए । ‘प्राधिकरणले विकासको काममा बाधा पुर्याइरहेको छ,’ उनले भने, ‘हामीले विद्युत् महसुल तिरिरहेका छौं । नियमपूर्वक पोल हटाउन निवेदन दिँदा पनि निवेदन दर्ता गरिएन ।’
तल्लो थाना भर्याङ्का स्थानीय बुद्धिनाथ न्यौपानेले प्राधिकरणले विकासमा अवरोध पुर्याएको गुनासो गरे । ‘नहटाउँदा पोललाई बीच बाटोमै पारेर ढलान गर्नुपर्ने बाध्यता सिर्जना भएको छ,’ उनले भने ।
प्राधिकरणले बिजुलीको पोल नसार्दा विकास निर्माणमा अवरोध
February 25, 2022

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
