काठमाडौं / नेपाल पर्यटन बोर्ड संचालक समिति सदस्यमा लीला लामा नियुक्त भएका छन् । लामा एमडी ग्र्ुपका अध्यक्ष समेत हुनुहुन्छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले लामालाई नियुक्त गरेका हुन् ।
दुुई दशकदेखि पर्यटन उद्योगमा क्रियाशिल उनले अन्तर्राष्ट्रिय उडानमा ‘हाम्रो टिकट’ कम्पनी समेत सञ्चालन गर्दै आएका छन् । उनी एमडी होलिडे प्रालिका सञ्चालक हुने भने एमडी एडभेन्चर ट्राभल एण्ड टुर प्रालि समेत सञ्चालन गर्दै आएका छन् ।
पर्यटन क्षेत्रमा करोडौँ लगानी गरेका लामाले नेपालको पर्यटन क्षेत्रमा नयाँ ढंगले काम गर्ने बताए । नेपाल पर्यटन बोर्डलाई आफ्नो पक्षबाट अझ सबल र सशक्त बनाउने उनको दावी छ । लामासँगै अर्को पर्यटन व्यवसायी मदनकुमार आचार्यलाई पनि नियुक्त दिइएको छ ।
पर्यटन मन्त्रालयका सहसचिव होमनाथ लुइटेलको संयोजकत्वमा नेपाल पर्वतारोहण संघको उपाध्यक्ष माया शेर्पा र राजेन्द्र सापकोटा सदस्य रहेको सिफारिस समितिले उनीहरुको नाम सिफारिश थिए ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

नेपाल पर्यटन बोर्डमा एमडी ग्रुपका अध्यक्ष लामा नियुक्त

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -












