२०८२ माघ ३, शनिबार
January 17, 2026
२०८२ माघ ३, शनिबार
January 17, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

ईच्छाकामनामा ‘एक घर, एक धारा’, हजार बढी लाभान्वित

प्रकाशित मिति : २०७८ फाल्गुन १४ गते
- ADVERTISEMENT -

चितवन / ईच्छाकामना गाउँपालिका वडा नं. २ मा ‘एक घर, एक धारा’ अभियान खानेपानी आयोजनाको शिलान्यास गरिएको छ । गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले खानेपानी आयोजनाको शिलान्यास गरेकी हुन् ।
कार्यक्रममा बोल्दै अध्यक्ष गुरुङले वडा नं. २ का करिब १५० घरधुरीमा खानेपानी योजना लागू हुने बताइन् । खानेपानीको आयोजना शिलान्याससँगै निर्माणलाई तीव्रता दिने उनको भनाइ थियो ।
खानेपानीका आवश्यकतालाई प्राथमिकतामा राखेर उक्त वडाका तीन गाउँमा घरघर खानेपानीको धारा पुर्याउने लक्ष्य भएको उनले भनिन् । उनका अनुसार वडा नम्वर २ को थापाथली, कोखथलीको फालगाउँ र हपनीमा आयोजनाले समेट्ने छ । थापाथलीको ३८ घर, फालगाउँका ५० र हपनीका ६२ घरधुरी गरी कुल १५० घरदुरीका करिव १ हजार बढी जनता यसबाट लाभान्वित हुने अध्यक्ष गुरुङ बताइन् ।
अधिकाँश चेपाङ बस्ती रहेको उक्त गाउँहरुमा खानेपानी पुगेसँगै उनीहरुको दैनिकीमा सहजता आउने अध्यक्ष गुरुङको जिकिर थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -