चितवन / रत्ननगर उद्योग वाणिज्य संघद्वारा आयोजित १३औं रत्ननगर महोत्सव भोलि (आइतबार) बाट सुरु हुने भएको छ । पूर्वी चितवनको रत्ननगरस्थित टिकौली चौरमा गत पौष २७ गतेदेखि माघ ८ गतेसम्म हुने भनिएको उक्त महोत्सव अन्ततः कोभिड–१९ का कारण डेढ महिना पछि हुने भएको हो ।
स्थगित उक्त महोत्सव भोलि फागुन १५ देखि २३ गतेसम्म संचालन गरिने शुक्रबार प्रेस सम्मेलन मार्फत आयोजकले जानकारी गराएको हो । यसअघि चितवनका सबै मेला महोत्सव कोभिड–१९ का कारण जिल्ला प्रशासन कार्यालय चितवनले रोक लगाएको थियो ।
रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष एवं मूल आयोजक समिति संयोजक अनिलकृष्ण श्रेष्ठ रहेका छन् । १३औं संस्करणको रत्ननगर महोत्सवमा कृषि र पशुजन्य व्यवसायलाई जोड दिइने बताइएको थियो ।
बृहत व्यवसायिक कृषि प्रदर्शनी तथा प्रतियोगिता, ताजा तरकारी, थोपा सिचाई प्रविधि, केरा माछा, च्याउ, दुग्धजन्य पदार्थ, पोल्ट्री महसँगै चितवनमा प्रवल सम्भावना भएका कृषि र पशुजन्य व्यवसायलाई महोत्सवमा विशेष स्थान दिइने आयोजकले जनाएको छ ।
महोत्सवमा स्थानीय स्तरमा उत्पादित ताजा तरकारी, फलफुल, दुग्धजन्य पदार्थ, पोल्ट्रीलगायत कृषि व्यवसायसंघ सम्बन्धित सेवा, प्रविधि एवं मल बिउ बिजनहरुको प्रदर्शनी गरिने छ ।
महोत्सवमा सवा ४ सय स्टल रहने आयोजकले जानकारी दिए । यसअघिका संस्करणमा पाँच सयसम्म स्टल रहने गरेका थिए । हाल कुनै पनि मेला महोत्सव नभएकाले दर्शकको संख्या उल्लेख्य हुने आयोजकको विश्वास छ ।
यस्तै महोत्सव अन्तर्गत नै चिकेन एण्ड एग फुड फेस्टिवल पनि हुने आयोजकले जनाएको छ । रत्ननगरको टाँडी बजारमा हुने फुड फेस्टिवलमा जनजातिहरुको विशेष खाना तथा मासुका परिकारहरु उपलब्ध हुनेछ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

चितवनमा भोलिबाट रत्ननगर महोत्सव सुरु, सवा ४ सय स्टल

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.64
152.24

European Euro
1
170.70
171.38

UK Pound Sterling
1
202.19
202.99

Swiss Franc
1
184.14
184.87

Australian Dollar
1
105.56
105.97

Canadian Dollar
1
107.12
107.55

Singapore Dollar
1
118.55
119.02

Japanese Yen
10
9.60
9.64

Chinese Yuan
1
22.68
22.77

Saudi Arabian Riyal
1
40.41
40.57

Qatari Riyal
1
41.60
41.76

Thai Baht
1
4.54
4.56

UAE Dirham
1
41.28
41.45

Malaysian Ringgit
1
37.15
37.30

South Korean Won
100
11.40
11.45

Swedish Kroner
1
15.33
15.39

Danish Kroner
1
22.84
22.93

Hong Kong Dollar
1
19.32
19.40

Kuwaity Dinar
1
492.10
494.05

Bahrain Dinar
1
401.43
403.02

Omani Rial
1
393.87
395.42










