![]()
चितवन । बालकुमारी माध्यमिक विद्यालयलाई सवा तीन लाख रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ । उक्त आर्थिक सहयोग बालमाविद् अलम्नाई एसोसिएसन एसएलसी ब्याच २०४७ का पूर्व विद्यार्थीहरुले शुक्रबार उपलब्ध गराएको हो ।
पूर्व विद्यार्थीहरुबाट संकलित उक्त रकम संजय गुप्ता र रिना श्रेष्ठको संयोजकत्वमा अलम्नाईमार्फत् विद्यालयलाई हस्तान्तरण गरिएको हो । सहयोग रकम ३ लाख २५ हजार ७०१ रुपैयाँ रहेको थियो । निजीस्रोतका शिक्षक र कर्मचारीको तलब व्यवस्थापन हुन नसकेपछि उनीहरुले स्वतःस्फूर्त आर्थिक सहयोग जुटाएको हो ।
यसैबीच पूर्वप्रधानाध्यापक तथा कार्यक्रमका प्रमुख अतिथि कृष्णराज हमाललाई सम्मान गरिएको थियो । उनीहरुले प्रमुख अतिथि हमाललाई दोसल्लासहित सम्मानपत्र अर्पण गरेका थिए ।
सम्मानपछि बोल्दै पूर्वप्रअ हमालले कुनै पनि उपलब्धि हासिल गर्न धेरै मिहिनेत र योगदानको खाँचो पर्ने बताए । विद्यालयलाई माथि उकास्न विद्यालयमा कार्यरत प्र.अ. र शिक्षकको अहम् भूमिका हुने उनको भनाइ थियो । उनले विद्यालयको विकास र प्रगतिको कामनामा पूर्वविद्यार्थीहरुको सहयोग प्रशंसनीय रहेको जिकिर गरे ।
एसएलसी ब्याच २०४७ का विद्यार्थीहरु डा. बद्री पौडेल, डा. प्रकाश ज्ञवाली, प्रहरी उपरीक्षक अरुण पौडेल, अलम्नाइका पूर्वअध्यक्ष आश्विन श्रेष्ठ र व्यवसायी गीता सेंढाईले विद्यालयले सधैँ पूर्वविद्यार्थी गुहार्नुभन्दा दीगो आर्थिक स्रोतको पहिचान गरी आत्मनिर्भर हुनुपर्ने सुझाव दिए ।
कार्यक्रममा दिवंगत शिक्षक, विद्यार्थी र कर्मचारीको सम्झनामा श्रद्धाञ्जलि व्यक्त गर्दै एक मिनेट मौनधारण गरिएको थियो ।
पूर्वविद्यार्थी सूर्यप्रकाश कँडेलले संचालन गरेको कार्यक्रममा स्वागत रिना श्रेष्ठ र धन्यवाद ज्ञापन सञ्जयकुमार गुप्ताले गरेका थिए । कार्यक्रमको अध्यक्षता गरेका बालमाविद् अलम्नाई अध्यक्ष सेवन पन्तले पूर्वविद्यार्थीहरुको विद्यालयमा योगदान अपरिहार्य रहेको र विद्यालयको शैक्षिक सुधारका लागि समेत अलम्नाईको सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

बालकुमारीलाई सवा तीन लाख आर्थिक सहयोग, पूर्वप्रअ हमाल सम्मानित

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -












