२०८२ मंसिर २३, मंगलवार
December 9, 2025
२०८२ मंसिर २३, मंगलवार
December 9, 2025 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को प्रिमियर, तीनजनालाई सम्मान

प्रकाशित मिति : २०७८ फाल्गुन १५ गते
- ADVERTISEMENT -

चितवन । लक्की मिडिया हाउस चितवनको आयोजनामा बहुप्रतिक्षित चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को प्रिमियर शो तथा सम्मान कार्यक्रममा तीन विधाका ब्यक्तित्वहरु सम्मानित भएका छन् । सम्मानित हुने व्यक्तित्वहरुको काम र भूमिकालाई उच्च मुल्यांकन गर्दै भरतपुरको चितवन सिनेप्लेक्स सिनेमा हलमा शनिबार सम्मान गरिएको हो ।
सम्मानित हुनेहरुमा चिकित्सकतर्फ भरतपुर सामुदायिक अस्पतालका बरिष्ठ फिजिसियन डा. महेन्द्र कुमार अग्रहरी, शिक्षाकर्मीमा ग्रीनल्याण्ड पब्लिक स्कूलका सह–प्राचार्य उपेन्द्र आचार्य र ब्यवसायीबाट दाजुभाई मोटरसाईकल रिकण्डिसन एण्ड वर्कशपका सञ्जालक युवा उद्यमी दिपेश खड्का सम्मानित भएका छन् । उनीहरुलाई खादा ओढाएर, प्रशंसा पत्रसहित सम्मान गरिएको थियो ।
सामाजिक एवं प्रतिष्ठित व्यक्तित्व वरिष्ठ समाजसेवी युवा नेता बिजयराज भुषालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका महासचिव चेतबहादुर सिंह ‘राजा’ कार्यक्रमको विशिष्ट अतिथि रहनु भएको थियो ।
सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि वरिष्ठ समाजसेवी युवा नेता बिजयराज भुषालले मोफसलमा गरिने यस्ता कार्यक्रमले कलाकारलाई उर्जा मिल्नुको साथै कलाकारिता क्षेत्रको प्रर्वद्धनमा टेवा पुग्ने बताए । कलाकारिता क्षेत्रको विकास र प्रर्वद्धनमा लक्की मिडिया हाउसले गरेको भब्य प्रिमियर शो तथा सम्मान कार्यक्रमको उनले प्रशंसा गरे ।
सो अवसरमा बोल्दै लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ‘लक्की’ले ‘कोरोनाका कारण नेपालको चलचित्र उद्योगलाई तहसनहस बनाएको बताए । भूकम्पले घर भत्काए जस्तै अहिले कोरोनाले चलचित्र उद्योगलाई भत्काएको उनको भनाइ थियो ।
मोफसलमा यस्ता रचनात्मक तथा प्रर्वद्धनात्मक कार्यक्रम गर्न चुनौति रहेको भन्दै कार्कीले आगामी दिनमा पनि मिडिया हाउसले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै जाने बताए । समाजमा लुकेका हस्ती तथा हस्तीहरुलाई सम्मान गर्नुपर्ने दायित्व मिडिया हाउसको पनि भएको उनले भने ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -