२०८२ मंसिर १९, शुक्रबार
December 5, 2025
२०८२ मंसिर १९, शुक्रबार
December 5, 2025 Friday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

एस एण्ड पी कम्पनीको आठौँ वार्षिकोत्सव : वृक्षरोपण तथा सम्मान

प्रकाशित मिति : २०७८ फाल्गुन १५ गते
- ADVERTISEMENT -

चितवन । एस एण्ड पी अडिटिङ कम्पनीले आठौं वार्षिकोत्सव एक साता मनाउने भएको छ । कम्पनीले भरतपुर ११ वाइपास रोड स्थित आफ्नै सभाहलमा आइतबार आठौं वार्षिकोत्सव सुरु गरेको हो । कम्पनीका प्रबन्ध निर्देशक सूर्य श्रेष्ठले एक सातासम्म कार्यक्रम संचालन हुने जानकारी दिए ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठले दियो प्रज्वलन गरी कम्पनीको शुभारम्भमा गरेका हुन् । कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले उद्योगमा तिरेको करले राष्ट्र चल्ने भएकाले आम जनताले बुझ्न जरुरी भएको बताए । आम जनताले राज्यलाई कर तिर्नु पर्ने र करको लागि सबैलाई सुसूचित गर्नु सबैको दायित्व भएको धारणा राखे ।


कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका उपाध्यक्ष श्री भोजराज कौडेल, आन्तरिक राजश्व कार्यालय चितवनका कर अधिकृत श्री विष्णुबहादुर रावत, नेपाल अडिटर्स एशोसियसन केन्द्रीय उपाध्यक्ष श्री रामजी अधिकारी, आधारभूत विद्यालयका गोपालगञ्जका (भरतपुर १५) प्रधानाध्यापक चिरन्जिवी नेपाललगायतले मन्तव्य दिएका थिए ।
वार्षिकोत्सवमा प्रमुख अतिथि मिलनबाबु श्रेष्ठलाई कम्पनीको तर्फबाट सूर्य श्रेष्ठले मायाको चिनो प्रदान गरेका थिए भने उत्कृष्ट कर्मचारी अनिता नेपाल र सेवाग्राही ग्यालेक्सी गार्डन रिसोर्ट प्रालिका इमान्दु बराललाई सम्मान गरिएको थियो ।

- ADVERTISEMENT -

Advertisement


यसैबीच कम्पनीले आन्तरिक राजश्व कार्यालय चितवनको परिसरमा वृक्षरोपण गरेको थियो । वृक्षरोपणमा कर अधिकृत रावल, कम्पनीका प्रबन्ध निर्देशक श्रेष्ठ, कम्पनीका कर्मचारीहरुलगायतले सहभागिता जनाएका थिए ।
कार्यक्रम कम्पनीका प्रबन्ध निर्देशक सूर्य श्रेष्ठको सभापतित्वमा भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -