काठमाडौं / अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणी सम्बन्धी अर्को जाहेरी दर्ता भएको छ । शाहविरुद्ध इलाका प्रहरी कार्यालय नवलपुरमा आइतबार अर्को जाहेरी दर्ता भएको हो । शाहविरुद्ध पीडित १७ वर्षीया गायिकाको परिवारले नवलपुर जिल्लास्थित इलाका प्रहरी कार्यालयमा पनि जाहेरी दिएका हुन् ।
२०७७ चैत ७ गते राति गैँडाकोट नगरपालिका वडा नम्बर ७ स्थित गैँडाकोट रिपोर्टमा शाहले जबरजस्ती करणी गरेको उजुरीमा उल्लेख छ । उनीविरुद्ध पीडितको तर्फबाट बुबासमेत तनहुँपछि गैँडाकोटमा पनि जाहेरी दिन पुगेका हुन् । इलाका प्रहरी कार्यालयले शाहविरुद्ध दोस्रो जाहेरी दर्ता भएको जनाएको छ ।
यसअघि, यही फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा शाहविरुद्ध पहिलो पटक करणीसम्बन्धी कसुरमा उजुरी दर्ता भएको थियो । जाहेरीपश्चात शाहले आइतबार जिल्ला प्रहरी कार्यालयसमक्ष आत्मसमर्पण गरेका छन् । शाह अहिले प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । त्यसअघि उनी फरार थिए ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

अभिनेता पलविरुद्ध जबरजस्ती करणीको अर्को जाहेरी

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -













