रत्ननगर / चितवनको रत्ननगरमा चौथो चिकेन एण्ड एग फुड फेष्टिबल आज सोमबारबाट सुरु हँुदैछ । रत्ननगर महोत्सव २०७८ को ११औं संस्करण अन्तर्गत चिकेन एण्ड एग फुड फेष्टिबल आयोजना गरिएको हो ।
रत्ननगर उद्योग बाणिज्य संघको आयोजना हुन गइरहेको उक्त महोत्सव आइतबार पत्रकार सम्मेलन मार्फत फेष्टिबलको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिइएको हो । संघका पूर्व अध्यक्ष ज्ञानबहादुर विसुरालले पोल्टीको राजधानी मानिने चितवनमा कुखुराको मासु र अण्डाको खपत बढाउन र महत्व बुझाउन फुड फेष्टिबल आयोजना गरिएको बताए ।
उक्त फेष्टिबलमा २५ वटा स्टल रहने आयोजकले जनाएको छ । फुड फेष्टिबलमा २० वटा अण्डा र १० वटा कुखुराको मासुको परिकार उपलब्ध गराइने फुड फेष्टिबलका संयोजक राजेन्द्र कुमार श्रेष्ठले बताए । संयोजक श्रेष्ठका अनुसार कुखुराको मासु र अण्डाको लगवा माछा र बुंगुरको परिकार सहित नेवारी, थारु समुदायका खानाका परिकार समेत उपलब्ध हुनेछ ।
संघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठले पोल्ट्री र माछाको खपत बढाउने र उपभोगबाट हुने फाइदाका विषयमा जानकारी दिने उद्देश्यले फुड फेष्टिबल आयोजना गरिएको बताए । फुड फेष्टिबल वागमती प्रदेशका पशुपंछी विकासमन्त्री बसुन्धरा हुमागाईले उद्घाटन गर्नेछन ।
पत्रकार सम्मेलनमा संघका बरिष्ठ उपाध्यक्ष शंकर गिरी, पूर्वी चितवन कुखुरा व्यवसायी संघका अध्यक्ष हरिकृष्ण खनाल लगायतको सहभागिता रहेको थियो । फेष्टिबलमा साँस्कृतिक कार्यक्रम समेत हुने आयोजकले जनाएको छ ।
रत्ननगरमा आजदेखि चिकेन एण्ड एग फुड फेष्टिबल सुरु
February 28, 2022

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
