२०८३ असार २९, सोमबार
July 13, 2026
२०८३ असार २९, सोमबार
July 13, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनमा कांग्रेस अधिवेशन : भोलि र पर्सि हुँदै

प्रकाशित मिति : २०७८ फाल्गुन १८ गते

चितवन / नेपाली कांग्रेस चितवनको अधिवेशन भोलि र पर्सि (फागुन १९ र २० गते) हुने भएको छ । सोही अनुसार फागुन १९ गते मनोनयन दर्ता र २० गते मतदान हुने नेपाली कांग्रेस चितवनका सचिव उत्तम जोशीले जानकारी दिए ।
उनका अनुसार १९ र २० गते अधिवेशन गर्न निर्वाचन समितिलाई सिफारिस गरेको थियो भने अधिवेशन नारायणी कला मन्दिरमा हुने उनले भने । फागुन १९ गते बिहान ७ बजे मतदाता नामावली प्रकाशन गर्ने तालिका रहेको छ ।
निर्वाचन समितिका संयोजक ज्ञानेन्द्रबहादुर अधिकारीका अनुसार सोही दिन बिहान ८ देखि १० बजेसम्म मनोनयन दर्ताको लागि समय छुट्टाईएको छ भने दिउँसो १ः३० बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन गरिनेछ ।
सोही दिन दिउँसो १ः३० देखि २ बजेसम्म दाबी विरोधका लागि समय छुट्टाइएको छ भने दिउँसो ४ बजे उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिनेछ । यस्तै फागुन २० गते बिहान ९ बजेदेखि ५ बजेसम्म मतदानको कार्यक्रम रहेको उनले संयोजक अधिकारीले जानकारी दिए ।
यसअघि कांग्रेस चितवनको अधिवेशन बारम्बार स्थगित हुँदै आएको छ । पछिल्लो पटक फागुन १४ र १५ गते हुने भनिएको अधिवेशन एमसीसीलाई कारण देखाउँदै स्थगित गरिएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.23
152.83
European Euro
1
173.75
174.43
UK Pound Sterling
1
204.10
204.91
Swiss Franc
1
188.28
189.02
Australian Dollar
1
105.84
106.26
Canadian Dollar
1
107.53
107.96
Singapore Dollar
1
117.85
118.31
Japanese Yen
10
9.41
9.45
Chinese Yuan
1
22.46
22.55
Saudi Arabian Riyal
1
40.55
40.71
Qatari Riyal
1
41.78
41.94
Thai Baht
1
4.57
4.59
UAE Dirham
1
41.45
41.61
Malaysian Ringgit
1
37.40
37.55
South Korean Won
100
10.15
10.19
Swedish Kroner
1
15.75
15.82
Danish Kroner
1
23.25
23.34
Hong Kong Dollar
1
19.42
19.49
Kuwaity Dinar
1
494.65
496.60
Bahrain Dinar
1
403.76
405.35
Omani Rial
1
395.38
396.94