April 22, 2025

चितवनमा कांग्रेस अधिवेशन : भोलि र पर्सि हुँदै

March 2, 2022
- ADVERTISEMENT -

चितवन / नेपाली कांग्रेस चितवनको अधिवेशन भोलि र पर्सि (फागुन १९ र २० गते) हुने भएको छ । सोही अनुसार फागुन १९ गते मनोनयन दर्ता र २० गते मतदान हुने नेपाली कांग्रेस चितवनका सचिव उत्तम जोशीले जानकारी दिए ।
उनका अनुसार १९ र २० गते अधिवेशन गर्न निर्वाचन समितिलाई सिफारिस गरेको थियो भने अधिवेशन नारायणी कला मन्दिरमा हुने उनले भने । फागुन १९ गते बिहान ७ बजे मतदाता नामावली प्रकाशन गर्ने तालिका रहेको छ ।
निर्वाचन समितिका संयोजक ज्ञानेन्द्रबहादुर अधिकारीका अनुसार सोही दिन बिहान ८ देखि १० बजेसम्म मनोनयन दर्ताको लागि समय छुट्टाईएको छ भने दिउँसो १ः३० बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन गरिनेछ ।
सोही दिन दिउँसो १ः३० देखि २ बजेसम्म दाबी विरोधका लागि समय छुट्टाइएको छ भने दिउँसो ४ बजे उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिनेछ । यस्तै फागुन २० गते बिहान ९ बजेदेखि ५ बजेसम्म मतदानको कार्यक्रम रहेको उनले संयोजक अधिकारीले जानकारी दिए ।
यसअघि कांग्रेस चितवनको अधिवेशन बारम्बार स्थगित हुँदै आएको छ । पछिल्लो पटक फागुन १४ र १५ गते हुने भनिएको अधिवेशन एमसीसीलाई कारण देखाउँदै स्थगित गरिएको थियो ।

- ADVERTISEMENT -