२०८३ बैशाख ८, मंगलवार
April 21, 2026
२०८३ बैशाख ८, मंगलवार
April 21, 2026 Tuesday
- ADVERTISEMENT -

भरतपुर वडा नं. २९ का वासिन्दालाई भूमिको निस्सा वितरण

प्रकाशित मिति : २०७८ फाल्गुन १९ गते
Photo: Halkaro

चितवन / राष्ट्रिय भूमि आयोग चितवनको सहकार्यमा भरतपुर महानगरले लालपुर्जा वितरण प्रक्रियाका लागि भूमिको निस्सा वितरण कार्य तीव्र बनाएको छ । भरतपुर महानगरपालिका वडा नं. २, ६, ११, १२, १३, १४, २१, २४ र २९ मा निस्सा वितरणसगैँ जग्गा नाँपचाँज गरी सकेको राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष बद्री तिमिल्सिनाले जानकारी दिए ।
भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल, उपमेयर पार्वती शाह, राष्ट्रिय भुमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिना वडा २९ वडा अध्यक्ष मानबहादुर मगरले संयुक्त रुपमा भूमिको निस्सा कागज वितरणसगैँ जग्गाको नापजाँच सुरु गरेका हुन् । आयोगका अनुसार ११ सय ६० जना बढीलाई निस्सा प्रदान गरिएको छ । निस्सा पाएपछि आफूहरूको माग पूरा हुनेमा विश्वस्त रहेको सुकुम्बासीहरूले बताएका छन् ।
अब हाम्रो भन्न पाइने भयो भन्दै नेताहरूले बोलेको कुरा पूरा गर्न लागेको भन्दै खुसी व्यक्त गरेका थिए । आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिनाले भूमिहिन मुक्त अभियान जारी रहेको भन्दै ढुक्क साथ नाँपजाँच अभियानमा सरिक हुन आग्रह गरे । यस्तै उनले प्रचण्डकै कारण चितवनमा विकास भएको भन्दै निस्सा वितरण कार्य समेत छिटो गराउन प्रचण्डको विशेष भूमिका रहेको स्पष्ट पारे । उनले प्रचण्डै पहलमा वडा दुई वटा खानेपानी आयोजना र सडक विस्तार समेत भएको बताए ।
यसअघि गएको १८ गते भरतपुरको वडा नम्बर १४ बाट निस्सा काग वितरण काम सुरु भएको थियो । सो अवसरमा बोल्दै मेयर रेनु दाहालले पुर्जा वितरणका लागि पहिलो चरणमा परेको र भूमिहीन सुकुम्बासी, भूमिहीन दलित अव्यवस्थित नागरिकहरूलाई आफ्नै कार्यकालमा जग्गासहित रातो लालपुर्जा दिन पाउँदा खुसी लागेको बताइन् ।
उनले विकास र समृद्धिको बाटो लम्किएको भरतपुर महानगरको रफ्तार अगाडि बढाउन फेरि सबै एकजुट हुन अपिल गरिन् । चितवनमा भरतपुर महानगरमा मात्रै १० हजार २९, कालिका नगरमा पाँच हजार ५५९ र माडीनगरमा पाँच हजार ४५६ दलित, भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबास गर्नेले लालपुर्जाको माग गर्दै निवेदन दिएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.39
148.99
European Euro
1
174.56
175.26
UK Pound Sterling
1
200.57
201.38
Swiss Franc
1
189.79
190.56
Australian Dollar
1
106.37
106.80
Canadian Dollar
1
108.37
108.80
Singapore Dollar
1
116.83
117.30
Japanese Yen
10
9.35
9.39
Chinese Yuan
1
21.77
21.85
Saudi Arabian Riyal
1
39.56
39.72
Qatari Riyal
1
40.70
40.86
Thai Baht
1
4.65
4.66
UAE Dirham
1
40.40
40.56
Malaysian Ringgit
1
37.54
37.70
South Korean Won
100
10.11
10.16
Swedish Kroner
1
16.19
16.26
Danish Kroner
1
23.36
23.45
Hong Kong Dollar
1
18.95
19.02
Kuwaity Dinar
1
484.38
486.34
Bahrain Dinar
1
393.61
395.20
Omani Rial
1
385.93
387.49