२०८३ बैशाख ९, बुधबार
April 22, 2026
२०८३ बैशाख ९, बुधबार
April 22, 2026 Wednesday
- ADVERTISEMENT -

कांग्रेस चितवन सभापतिका लागि चुनावी मैदानमा ५ जना भिड्दै

प्रकाशित मिति : २०७८ फाल्गुन १९ गते

चितवन / नेपाली कांग्रेस चितवनको १४औं जिल्ला अधिवेशन अन्ततः आज बिहीबार र भोलि नारायणी कला मन्दिरमा हुने भएको छ । यसअघि पटक–पटक स्थगित हुँदै आएको कांग्रेस चितवनको १४औं जिल्ला अधिवेशन आज मनोनयन र भोलि चुनाव हुने भएको हो । कांग्रेसको केन्द्रीय महाधिवेशन अगाडि नै गरिसक्नु पर्ने जिल्ला अधिवेशन यस पटक भने सम्पन्न हुँदैछ ।
अधिवेशनले सात पदाधिकारीसहित ४८ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । जिल्लाका तीन निर्वाचन क्षेत्रबाट ११ जनाका दरले ३३ महासमिति सदस्यको चयन गर्नेछ । क्षेत्र न. ३ बाट भने महासमिति सदस्य चयन भैसकेका छन् । कांग्रेस जिल्ला सभापतिका लागि ५ जनाले आकांक्षा राखेका छन् । सभापतिका लागि उत्तम जोशी, सूर्यकान्त घिमिरे, कैलाश कोइराला, राजेश्वर खनाल र मिलनबाबु श्रेष्ठ चुनावी प्रतिस्पर्धामा उत्रिदैँछन् ।
जोशी कांग्रेस चितवनका सचिव हुन् । घिमिरे नेविसंघका पूर्वजिल्ला सभापति, कोइराला जिल्ला उपसभापति हुन् । खनाल महासमिति सदस्य हुन् भने श्रेष्ठ बागमती प्रदेशसभा सदस्य एवम् प्रदेशमन्त्री हुन् । यी मध्ये बलिया दाबेदार खनाल मानिन्छन । आंकाक्षीहरुको संख्या घटाउनका लागि नेताहरूले छलफल तीव्र पारेका छन् । कांग्रेसका केन्द्रीय नेतासमेत चितवन आएर आ–आफ्ना पक्षलाई जिताउन लविङ थालेका छन् । कांग्रेसको सबैभन्दा बढी क्रियाशील सदस्य भएको जिल्लाका रुपमा चितवनलाई लिने गरिन्छ । सोही कारण केन्द्रीय नेताहरूले यसलाई विशेष महत्व दिने गरेका छन् ।
चितवनमा तुलनात्मक रुपमा कमजोर मानिएको देउवा पक्षबाट सभापतिको एक मात्रै उम्मेदवार मिलनबाबु श्रेष्ठ हुन् । बाँकी सबै पौडेल–कोइराला पक्षका हुन् । रामचन्द्र पौडेलका उम्मेदवार सूर्यकान्त घिमिरे हुन् भने, उत्तम जोशीले आफू शशांक कोइराला पक्षको आधिकारिक उम्मेदवार भएको बताउँदै आएका छन् । कैलाश र राजेश्वर खनालले पनि आफूलाई कोइराला पक्षको भन्छन् ।
केन्द्रबाट शेखर गगन समुहको आधिकारिक उम्मेदवार राजेश्वर खनाललाई बनाइएको छ जिल्लामा अधिकांश पूर्वसभापतिहरूको समूह राजेश्वर खनालकै पक्षमा रहेकाले खनालको जित सुनिश्चित देखिन्छ । सभापति निर्वाचित हुनका लागि ५१ प्रतिशत मत आवश्यक पर्छ ।
पहिलो चरणमा ५१ प्रतिशत मत ल्याउन नसके दोस्रो चरणमा सबैभन्दा धेरै मत ल्याउने दुई जनाबीच पुनः मतदान गर्नुपर्ने हुन्छ । दुई हजार ९०६ मतदाता छन् । शुक्रबार मनोनयनको कार्यक्रम सम्पन्न गरी शनिबार मतदान प्रक्रिया अघि बढाइने निर्वाचन समितिका संयोजक ज्ञानेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
149.31
149.91
European Euro
1
175.69
176.39
UK Pound Sterling
1
201.84
202.66
Swiss Franc
1
191.53
192.30
Australian Dollar
1
106.95
107.38
Canadian Dollar
1
109.34
109.78
Singapore Dollar
1
117.42
117.90
Japanese Yen
10
9.38
9.42
Chinese Yuan
1
21.91
21.99
Saudi Arabian Riyal
1
39.81
39.97
Qatari Riyal
1
40.96
41.12
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
40.65
40.81
Malaysian Ringgit
1
37.79
37.94
South Korean Won
100
10.16
10.20
Swedish Kroner
1
16.33
16.39
Danish Kroner
1
23.51
23.60
Hong Kong Dollar
1
19.07
19.14
Kuwaity Dinar
1
487.38
489.34
Bahrain Dinar
1
395.89
397.48
Omani Rial
1
387.81
389.37