Opens in a new tab
२०८३ आश्विन २८, बुधबार
October 14, 2026
२०८३ आश्विन २८, बुधबार
October 14, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

मुख्यमन्त्री पाण्डेले भने, ‘मानव अधिकार रक्षकको दुरुपयोग हुन थाल्यो’

प्रकाशित मिति : २०७८ फाल्गुन २० गते
Photo : tukhabar

मकवानपुर / मानवअधिकार आयोग नेपालको आयोजनामा मानवअधिकार रक्षकहरुको प्रादेशिक सम्मेलन हेटौंडामा शुक्रबारबाट सुरु भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सम्मेलनको उद्घाटन गरेका हुन् ।
मुख्यमन्त्री पाण्डेले सम्मेलनको उद्घाटन गर्दै पछिल्लो समय मानव अधिकार रक्षकको दुरुपयोग हुन थालेको बताएका छन् । उनले मानव अधिकार रक्षकहरुले आफ्नो जिम्मेवारी बिर्सेर गलत काम गर्ने गरेको घटना बाहिरिने गरेको बताउँदै सो कुरा बताएका हुन् ।
मानव अधिकार रक्षकको आडमा बार्गेनिङ, ब्याकमेलिङका जस्ता घटना बढ्दै गएको उनको भनाइ थियो । ‘हामी सचेत हुनुपर्ने अवस्था आएको छ ।’ उनले भने, ‘मानव अधिकार रक्षकको दुरुपयोग पनि हुन थालेका छन् ।’
उनले भने, ‘मानव अधिकार रक्षक भन्दै पैसा कमाउने काम सुरु गरेको देखिन्छ ।’ मानव अधिकार रक्षकको आडमा बार्गेनिङ, व्याकमेलिङका घटना पनि बढेको उनले भने ।
महिला तथा दलित अधिकारकर्मीहरूको अवस्था पनि उस्तै भएको र अधिकारकर्मी भन्दै डर, धाक, धम्की त्रासका घटना पनि बढ्दो भएको उनको धारणा थियो । उनले अब हाम्रो ध्यान त्यतातिर पनि हुन जरुरी भएको जिकिर गरे ।’
समाजमा रहेका विभेदका घटना रहेसम्म मानव अधिकारी हननका घटनाले निरन्तरता पाउने उनले बताए । समाजमा हुने पुरुष र महिलाबीचको विभेद, जातीय विभेद, धार्मिक तथा साम्प्रदायिक विभेद, रङ्गका आधारमा हुने विभेद, विभिन्न कुरीति कूसंस्कृति तथा परम्परा र छुवाछुतका घटना जारी रहेसम्म मानव अधिकार हननका घटना पनि जारी नै रहने उनको भनाई छ । पछिल्लो समय विगतमा जस्तो बोलेकै आधारमा राज्य पक्षबाट मानव अधिकार नै हनन् हुने प्रकृतिका घटनामा कमी आएको उनले बताए ।
‘मानव अधिकार हनन्का घटना विगतको जस्तो छैन । विगतमा बोले कै आधारमा राज्यले कैद गथ्र्यो । त्यसको उदाहरण म आफै पनि एक हुँ ।’ उनले भने, ‘म धादिङको बहालवाला सभापति भएकै बेला राज्यका विरुद्धमा आवज उठाएको भन्दै मलाई कैद गरियो । एउटा जनप्रतिनिधिलाई कैद गरेर नख्खु जेलमा राखियो । त्यो बेलामा मेरो मात्र नभएर आमजनताको समेत मानव अधिकार हनन भयो । तर, आज त्यो अवस्था छैन ।’
उनले मानव अधिकार आयोगको स्थापना हुनु मानवअधिकार रक्षकसँगै राजनीतिज्ञहरुको पनि सफलता भएको बताए । विगतमा सबै राजनीतिज्ञहरुको पहलबाट आयोग स्थापनाले सफलता पाएको बताउँदै मुख्यमन्त्री पाण्डेले मानिसका अधिकारहरु प्राप्तिका लागि विगतका राजनीतिक परिवर्तनका आन्दोलनहरु महत्वपूर्ण सावित भएको बताए । विगतका राजनीतिक आन्दोलनहरुमा आम जनताहरुसंग आफूसहित अन्य राजनीतिज्ञहरुले मोर्चाको नेतृत्व गर्दै आएकोले सबै मानवअधिकार रक्षक भएको उनको भनाई छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.16
152.76
European Euro
1
170.13
170.80
UK Pound Sterling
1
201.45
202.25
Swiss Franc
1
182.73
183.45
Australian Dollar
1
106.10
106.52
Canadian Dollar
1
106.72
107.14
Singapore Dollar
1
118.88
119.34
Japanese Yen
10
9.63
9.66
Chinese Yuan
1
22.73
22.82
Saudi Arabian Riyal
1
40.51
40.67
Qatari Riyal
1
41.74
41.91
Thai Baht
1
4.53
4.55
UAE Dirham
1
41.43
41.59
Malaysian Ringgit
1
37.24
37.39
South Korean Won
100
11.36
11.41
Swedish Kroner
1
15.22
15.28
Danish Kroner
1
22.76
22.85
Hong Kong Dollar
1
19.39
19.46
Kuwaity Dinar
1
493.55
495.49
Bahrain Dinar
1
402.81
404.39
Omani Rial
1
395.22
396.77