मकवानपुर / बागमती प्रदेशको ५ वटा जिल्लामा प्रथम प्रदेश खेलकुद प्रतियोगिता संचालन हुने भएको छ । प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको आयोजनामा सो प्रतियोगिता हुने भएको हो ।
उक्त प्रतियोगिता मकवानपुर, चितवन, सिन्धुपाल्चोक, काठमाडौं र काभ्रेपलाञ्चोकमा संचालन हुने शुक्रबार हेटौंडामा पत्रकार सम्मेलन मार्फत् परिषद्ले जानकारी गराएको हो ।
परिषद्का सदस्य सचिव सुर्यलाल भण्डारीका अनुसार, प्रदेश खेलकुद प्रतियोगितामा पुरुष फुलबल, ब्याडमिन्टन, क्रिकेट, तेक्वान्दो, भलिबल, कराते, एथलेटिक्स, महिला फुटबल र बक्सिङ खेल हुनेछ । जसमा मकवानपुरमा पुरुष फुटबल, तेक्वान्दो र ब्याडमिन्टन खेलहरु संचालन गरिनेछ ।
यसैगरी, चितवनमा भलिबल र क्रिकेट, काभ्रेपलाञ्चोकमा महिला फुटबल र बक्सिङ, सिन्धुपाल्चोकमा कराते र काठमाडौंमा एथलेटिकस् खेल संचालन हुनेछ । प्रतियोगिताको उद्घाटन बागमती प्रदेशको राजधानी हेटौंडामा गरिने र समापन काभ्रेपलाञ्चोकको धुलिखेलमा गरिने सदस्य सचिव भण्डारीले जानकारी दिए ।
प्रतियोगिता यही फागुन २८ गतेदेखि सुरु भएर चैत्र १२ गतेसम्म (१५ दिन) संचालन हुनेछ । उक्त प्रतियोगिताको उद्घाटन हेटौंडा–५ स्थित जनस्तरबाट निर्माण भइरहेको क्याम्पाचौरमा हुने सचिव भण्डारीले बताए ।
उनका अनुसार, उद्घाटन कार्यक्रमलाई भव्य बनाउन आर्मी तथा प्रहरीको व्याण्डसहितको प्रस्तुती, ३ सय भन्दा बढी विद्यार्थीको ड्रिल प्रर्दशन, आतिसबाजी, मार्सल आट्र्स डेमो, विभिन्न भाँकी तथा सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिनेछ । प्रतियोगिता संचालन गर्न पाँच/पाँच सदस्यीय विभिन्न ६ वटा उपसमिति र तीन÷तीन सदस्यीय ८ वटा प्राविधिक समिति निर्माण कार्य भइरहेको छ ।
प्रतियोगिताको उद्घाटन अर्थात पहिलो दिन कुनै खेल संचालन हुने छैन । यस्तै, दोस्रो दिनबाट प्रतियोगिता अन्तर्गतका खेलहरु सुरु हुनेछ । दोस्रो दिन फागुन २९ गतेदेखि पुरुष फुटबल र व्याडमिन्टन संचालन गर्ने, तेस्रो दिन फागुन ३० गतेबाट भलिबल र क्रिकेट प्रतियोगिता संचालन गर्ने, चैत्र ६ गतेबाट एथलेटिक्स, चैत्र ७ गते महिला फुटबल र कराते, चैत्र ९ गते बक्सिङ खेल संचालन गर्ने जनाइएको छ ।
प्रतियोगितामा प्रदेशका १३ जिल्लाका २ हजार १८८ जना खेलाडीहरु सहभागिता जनाउने छन् । जसमा महिला ९ सय ३९ जना र पुरुष १ हजार २४९ जना खेलाडीहरु रहेका छन् । प्रतियोगिता संचालनको लागि ४ सय ५७ जना अफिसियल र निर्णायक खटिने जनाइएको छ ।मभकप्रदेशको लगानी पहिलो पटक हुने प्रतियोगितामा ८ करोड ४ लाख खर्च हुने अनुमान गरिएको छ । स्पोट्र्स किट, यातायात खर्च, दैनिक भता रु दुई हजार खेलाडीहरुलाई उपलब्ध गराइने जनाइएको छ । त्यस्तै, प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक हासिल गर्ने खेलाडीहरुलाई नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

बागमती प्रदेशको पाँच जिल्लामा प्रदेश खेलकुद प्रतियोगिता हुने

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
153.98
154.58

European Euro
1
173.17
173.84

UK Pound Sterling
1
203.95
204.75

Swiss Franc
1
185.24
185.96

Australian Dollar
1
107.32
107.74

Canadian Dollar
1
107.91
108.33

Singapore Dollar
1
120.44
120.91

Japanese Yen
10
9.73
9.77

Chinese Yuan
1
22.97
23.06

Saudi Arabian Riyal
1
41.02
41.18

Qatari Riyal
1
42.24
42.41

Thai Baht
1
4.58
4.60

UAE Dirham
1
41.93
42.09

Malaysian Ringgit
1
37.69
37.84

South Korean Won
100
11.50
11.55

Swedish Kroner
1
15.39
15.45

Danish Kroner
1
23.17
23.26

Hong Kong Dollar
1
19.62
19.70

Kuwaity Dinar
1
499.69
501.64

Bahrain Dinar
1
408.41
410.00

Omani Rial
1
399.95
401.51













