April 19, 2025

नमूना टोलमा केसीको नेतृत्व

March 5, 2022
- ADVERTISEMENT -

चितवन / नमूना टोल विकास संस्था भरतपुर–५, नारायणपुरले दशौं साधारण सभा तथा पाँचौ अधिवेशन सम्पन्न गरेको छ । पाँचौ अधिवेशनले रमेश केसी अध्यक्षमा सर्वसम्मत चयन भएका छन् ।
संस्थाको उपाध्यक्षमा श्रीमती शशीकला नेउपाने, सचिवमा चिरञ्जिवी बराल, कोषाध्यक्षमा खडानन्द सापकोटा, सहसचिवमा तारापति पोख्रेल चुनिएका छन् । यस्तैगरी सदस्यहरुमा रामचन्द्र भट्टराई, किसन थापा, जंगबहादुर तामाङ, जानकी ढकाल, लक्ष्मी पौडेल चुनिएका हुन् ।
भरतपुर महानगरपालिका वडा नं. ५ वडाअध्यक्ष पदमपाणि सुवेदी प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य कुमारी श्रेष्ठले दिएका हुन् ।
कार्यक्रममा गुम्बा टोल विकास संस्थाका लेखनारायण श्रेष्ठ, टाईगरचोक टोल विकास संस्थाका लोकराज सापकोटा, खडा नन्द सापकोटा, एकनारायण पोख्रेल तथा तारापति पोख्रेलले मन्तव्य दिएका थिए ।
गुम्बा टोल विकास संस्थाका अध्यक्ष आशमान तामाङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संचालन मेकबहादुर तामाङले गरेका थिए ।

- ADVERTISEMENT -