Opens in a new tab
२०८३ आश्विन २२, बिहीबार
October 8, 2026
२०८३ आश्विन २२, बिहीबार
October 8, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठको पोल मक्किएर जीर्ण, सम्बन्धित निकायलाई छैन चासो

प्रकाशित मिति : २०७८ फाल्गुन २२ गते

मकवानपुर । सिन्धुली जिल्लाको कमलामाई नगरपालिका वडा नम्वर ९, भीमान कोरुङखोलास्थित हाल विद्युतीय काठको पोल मक्किएर जिर्ण अवस्थामा रहेको छ । झण्डै २५ वर्षदेखि रहेको उक्त विद्युतीय पोल मक्किएर स्थानीयको घर गोठतर्फ ढल्किएको छ ।
जुनसुकै समयमा पनि ढल्न सक्ने अवस्थामा रहेको उक्त पोल फेर्नको लागि फलामको पोल ल्याएपनि फेर्न भने सकेको छैन । २, ३ वर्ष भइसक्दा पनि पुरानो काठको पोल हटाई नयाँ पोल फेर्न सम्बन्धित निकायहरुले चासो देखाएको छैन । पोल ढलेर धनजनको मात्रै होइन मानवीय क्षति पनि हुने सम्भावना बढेको स्थानीय वासिन्दा गणेशबहादुर बोगटीले बताए । उनले भने, ‘स्थानीयहरुको घर र गोठमाथि तार लतरिएको अवस्थामा छ । जुनसुकै अवस्थामा पनि मानवीय र धनजनको क्षति हुने सम्भावना छ ।’
स्थानीय वासिन्दाहरुबीच नै विवाद भएका कारण पनि उक्त स्थानमा नयाँ विद्युतीय पोल राख्न अपठेरो परेको उनले बताए । उनी भन्छन्, ‘हाल पुरानै ठाउँमा विद्युतीय पोल राख्ने की नयाँ ठाउँमा राख्ने भन्ने विषयमा विवाद भइरहेको छ । कसैले जग्गा नदिने त कसैलाई पायक नपर्ने भएका कारण स्थानीयमा विवाद भएको हो ।’
उक्त समस्याको सामाधान गर्न स्थानीय जनप्रतिनिधि, सरकारवाला निकायले ध्यान नदिएको उनले बताए । (यो समाचार रुद्रबहादुर खड्काले तु खबरमा लेखेका छन् ।)

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.98
154.58
European Euro
1
173.17
173.84
UK Pound Sterling
1
203.95
204.75
Swiss Franc
1
185.24
185.96
Australian Dollar
1
107.32
107.74
Canadian Dollar
1
107.91
108.33
Singapore Dollar
1
120.44
120.91
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.97
23.06
Saudi Arabian Riyal
1
41.02
41.18
Qatari Riyal
1
42.24
42.41
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.93
42.09
Malaysian Ringgit
1
37.69
37.84
South Korean Won
100
11.50
11.55
Swedish Kroner
1
15.39
15.45
Danish Kroner
1
23.17
23.26
Hong Kong Dollar
1
19.62
19.70
Kuwaity Dinar
1
499.69
501.64
Bahrain Dinar
1
408.41
410.00
Omani Rial
1
399.95
401.51