April 19, 2025

चितवनमा नवजात शिशु भेटिए मृत

March 6, 2022
तस्विर : जिल्ला प्रहरी कार्यालय चितवन ।
- ADVERTISEMENT -

चितवन / सालनाल सहितको नवजात शिशु मृत अवस्थामा भेटिएको छ । कालिका नगरपालिका वडा नं–१० टुडीखेलमा सालनाल सहितको उक्त शिशु मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
चितवनका प्रहरी प्रवक्ता नरहरि अधिकारीका अनुसार सोही वडा बस्ने वर्ष २१ का मन्जु चेपाङले जन्म पश्चात मारेर फालेको अनुसन्धान खुलेको छ । मृत शिशु फागुन २१ गते करिब ४ बजेको समयमा उक्त स्थानमा भेटिएको जनाएको छ ।
प्रहरीले मन्जु चेपाङलाई पक्राउ गरेको छ भने उनलाई कर्तब्य ज्यान मुद्दामा चितवन जिल्ला अदालतबाट म्याद अनुमती लिई थप अनुसन्धान कार्य भइरहेको जनाएको छ ।

- ADVERTISEMENT -